दुबईमा सिंगो टापुको मालिक हुन् शाहरुख खान, मूल्य २८ करोड डलर

बलिउडका किङ खान शाहरुखको जीवनकाे कथा सबैलाई थाहा छ । लामाे समयदेखि बलिउडमा राज गर्दै आएका शाहरुख खान नाममा मात्रै राजा छैनन् ।

बलिउडमा आफ्नो पक्कड जमाएका अभिनेताको परिवारलाई चर्चित परिवारमा गनिन्छ । मुम्बईको आलिशान बंगला होस्, मन्नत होस् वा सबैभन्दा महँगो गाडी, किङ खानको जीवनशैली राजाभन्दा कम छैन।

के तपाईँलाई थाहा छ ? मन्नत र चन्द्रमाको जमिनबाहेक दुबईमा किङ खानको एउटा पूरै टापु पनि छ ।

दुबई टुरिज्मका ब्राण्ड एम्बेसडर शाहरुख खानले सन् २००७ मा दुबईको पाम जुमेराहमा रहेको एउटा निजी टापु उपहार स्वरुप पाएका थिए ।

शाहरुख खानको दुबईमा जन्नत नामको आलिशान घर छ जुन पाम जुमेरामा अवस्थित छ। पाम जुमेरा संसारको सबैभन्दा ठूलो कृत्रिम टापु हो। उक्त भिलाको मूल्य २८ करोड डलर रहेको छ ।

रिपोर्टका अनुसार शाहरुखको यो सुन्दर हलिडे भिला १४ हजार स्क्वायर फिट जमिनमा बनेको छ । यस भिलामा छवटा बेडरूम, दुई ग्यारेज, एउटा निजी पोखरी र एउटा समुद्र तट छ। शाहरुख खानकी पत्नी गौरी खानले यो भिलाको इन्टेरियर डिजाइन गरेकी हुन् ।

यसबाहेक शाहरुख खानको मुम्बईमा मन्नत पनि छ । मन्नतलाई अभिनेताको सबैभन्दा महँगो खरिद मानिन्छ, जसको मूल्य २ सय करोड भारु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *