टी–२० विश्वकप : क्षतविक्षत भारतीय टिमदेखि अपराजित पाकिस्तानसम्म

यो वर्षको टी-२० विश्वकप भारतका लागि बिर्सनलायक रह्यो। भारतीय कप्तान विराट कोहली र प्रशिक्षक रवि शास्त्रीले सम्हालेको अन्तिम प्रतियोगिता निराशाजनक बन्यो। प्रतियोगिता सकिएपछि प्रशिक्षक शास्त्रीले भने, ‘भारतीय खेलाडीहरु थकित थिए। त्यसैले जित निकाल्न सकेनौं।’ भारतको निकट प्रतिद्वन्दी पाकिस्तानको प्रदर्शन भने तारिफयोग्य रहेको थियो।

सोमबार राति समूह चरणको खेल सकिँदासम्मको तालिकामा भने पाकिस्तान अपराजित छ। उसले समूह चरणको पहिलो खेलमै भारतलाई १० विकेटले हराएर विश्वकपमा सानदार सुरूआत गरेको थियो। जितको लयलाई निरन्तर राख्ने क्रममा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हरायो भने अफगानिस्तानविरुद्ध पनि ५ विकेटकै जित निकाल्यो। पाकिस्तानले नामिबिया र स्कटल्यान्डलाई सहजै हरायो। नामिबियाविरुद्ध ४५ रनको जित निकाल्यो भने स्कटल्यान्डलाई ७२ रनले हरायो।

ती जितसँगै पाकिस्तान पाँच खेलमा सतप्रतिशत अंक जोडेर सुपर १२ को समूह २ अन्तर्गत शीर्षस्थानमा छ। उसले एक खेल अगावै सेमिफाइनलमा स्थान बनायो। र, अब पाकिस्तानले बिहीबार हुने पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियाको समना गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *