क्रुज ड्रग्स केसमा पक्राउ परेर जमानतमा रिहा भएका शाहरुख खानका पुत्र आर्यन खान शुक्रबार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को कार्यलयमा पुगेका छन् । हरेक शुक्रबार एनसिबीको कार्यालय पुगेर हाजिर गर्ने शर्तमा उनलाई जमानत दिइएको थियो । यस प्रकरणका अर्का साक्षी किरण गोसावी पनि शुक्रबार मुम्बईको एक अदालतमा बयानका लागि जाँदैछन् । गोसाबीका बडी गार्ड प्रभाकर सइलले गोसावीमाथि २५ करोड भारुको डिल गरेको आरोप लगाएका छन् । जेलमा २६ दिन बिताएका आर्यनलाई जमानतमा रिहा गर्नका लागि २८ अक्टोबरमा बम्बई हाइकोर्टले आदेश दिएको थियो । ३० अक्टोबरमा उनी रिहा भएका थिए । आर्यनलाई १४ वटा शर्तसहित जमानत दिइएको थियो । यसमध्ये एक शर्त उनी हरेक शुक्रबार बिहान ११ बजेदेखि २ बजेसम्म एनसिबी कार्यालयमा हाजिर हुनुपर्नेछ ।
Related Posts
सगरमाथाको अग्लो ग्लेशियर द्रुत गतिमा पग्लिरहेछ
- Editor
- February 6, 2022
- 0
जलवायु परिवर्तनका कारण सगरमाथाको सबैभन्दा उचाईमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको एक नयाँ अध्ययनले देखाएको छ। मेन विश्वविद्यालयका खोजकर्ताहरुको नेतृत्वमा भएको अध्ययनले साउथ कोल ग्लेसियर […]
एमेज़ॉन इंडिया ले मणिपुर सरकारसँग एमओयूमा हस्ताक्षर गरेको छ
- News Editor
- June 13, 2022
- 0
एमेज़ॉन इंडियाले मणिपुर ह्यान्डलूम एण्ड ह्यान्डिक्राफ्ट्स डेभलपमेन्ट कर्पोरेशन लिमिटेड (एमएचएचडीसीएल), मणिपुर इन्टरप्राइजको सरकारसँग राज्यभरका कारीगर र बुन्दाहरूको विकासलाई समर्थन गर्न एमओयूमा हस्ताक्षर गरेको छ। यस […]
फ्लिपकार्ट ले ग्रामीण भारतको अर्थतन्त्रलाई बढावा दिइरहेको छ
- News Editor
- June 9, 2022
- 0
फ्लिपकार्ट ले ग्रामीण भारतको अर्थतन्त्रलाई नयाँ पुस्ताका कारीगरहरू, बुन्नेहरू र हस्तकला निर्माताहरूको साथ बढाइरहेको छ। भारतका लाखौं कारीगर, बुनकर र लघु उद्यमीहरूले देशको अर्थतन्त्रको ठूलो […]