फेसबुकः अनुहार चिन्ने सफ्टवेअर हटाउने निर्णय , एक अर्ब प्रयोगकर्ताका तस्बिरबाट टेम्प्लेट हट्ने

फेसबुकले मानिसको तस्बिर र भिडिओमा अनुहार चिन्न प्रयोग गरिएको सफ्टवेअर अबदेखि नचलाउने घोषणा गरेको छ।अनुहार चिन्ने प्रविधिको प्रयोग कति नीतिसङ्गत छ भन्ने विषयमा चर्चा बढिरहेको बेला उक्त लोकप्रिय सामाजिक सञ्जालले त्यस्तो निर्णय गरेको हो। सो प्रविधिको प्रयोग हुँदा गोपनीयता, जातिगत पूर्वाग्रह तथा प्रविधिको यथार्थपरकताप्रति गम्भीर प्रश्न उठाइएको छ। फेसबुकका अनुसार नियामक निकायहरूले उक्त प्रविधि कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा स्पष्ट नियम बनाएका छैनन्

उक्त सामाजिक सञ्जालमा प्रयोगकर्तालाई अनुहार चिन्ने सुविधा चलाउने कि नचलाउने रोज्न दिइएको थियो। चलाउन इच्छुक प्रयोगकर्तालाई फेसबुकले अरूले तिनको तस्बिर प्रेषित गरेको पत्ता लगाएर सूचित गर्थ्यो।

एउटा ब्लगमा फेसबुकको आर्टिफिशल इन्टेलिजन्स हेर्ने उपाध्यक्ष ज्रोम प्रेजेन्टीले लेखेका छन्ः “विद्यमान अन्योलका बीच अनुहार चिन्ने प्रविधिको प्रयोग सीमित रूपमा गर्नु उचित हुन्छ भन्ने हामीलाई लाग्छ।”

सन् २०१९ मा अमेरिकामा गरिएको एउटा अध्ययनका अनुसार फेसबुकले प्रयोग गरेको एल्गोरिदम कोकेजन मूलका मानिसको अनुहारको तुलनामा अफ्रिकी-अमेरिकी र एशियाली मूलका मानिसको अनुहार चिन्न धेरै कम सक्षम थियो।

अफ्रिकी-अमेरिकी महिलालाई अर्कै व्यक्तिका रूपमा चिन्ने सम्भावना बढी भएको न्याश्नल इन्स्टिट्यूट अफ स्ट्यान्डर्ड्स एन्ड टेक्नोलजीको अध्ययनले देखाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *