बंगलादेशको लगातार चौथो पराजय

आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको छ। जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको बंगलादेशले १८.२ ओभरमा अलआउट हुँदै ८४ रन बनायो। ८५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १३.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङमा उत्रिएको बंगलादेशका लिन्टन दास बाहेक सुरुवाती ब्याट्सम्यानहरु चल्न सकेनन्। दासले २४ रन बनाउँदा मेहेदी हसनले सर्वाधिक २७ रन र शमिम होसइनले ११ रन जोडे। त्यसबाहेकका ब्याट्सम्यानहरुले दोहोरो अंकको रन जोड्न सकेनन्।

बंगलादेशको ब्याटिङ लाइत सखाप पार्न दक्षिण अफ्रिकाका कागिसो रबाडा र एनरिक नोर्कियाले समान ३/३ विकेट लिँदा तब्राइज शाम्सीले २ विकेट र ड्वाइन प्रेटोरियसले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमाले अविजित ३१ रन बनाउँदा रसे भान डेरले २२ रन र क्विन्टन डि ककले १६ रन बनाए।

यो सँगै बंगलादेशले जारी प्रतियोगितामा लगातार चौथो हार ब्यहोरेको छ भने यसअघि १ हार ब्यहोरेको दक्षिण अफ्रिकाले तेस्रो जित निकालेको छ। ६ अंक जोडेको दक्षिण अफ्रिका समूह ‘ए’ को दोस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *