पुलिस सुपर र जिल्ला शासकद्वारा छठ घाट परिदर्शन

छठ पूजाको आयोजन शान्तिपूर्वक सम्पन्न होस् साथै भक्तहरूलाई कुनै प्रकारको समस्या नहोस् भनेर मुख्यमन्त्री ममता | ब्यानर्जीले आफ्नो उत्तर बङ्गालमा यात्राको समय निर्देश दिएकी थिइन्। | मुख्यमन्त्रीको निर्देशपछि पुलिस कमिश्नर गौरव शर्मा र जिल्लाशासक एस. पुन्नवलमले शहरका विभिन्न छठ घाट परिदर्शन गरिरहेको छ । यसै क्रममा जिल्ला शासक एस. पुन्नवलम, पुलिस कमिश्नर गौरव शर्मा, एसजेडीए र नगरनिगमका अधिकारीले छठ पूजाअघि सिलगढ़ी लालमोहन मौलिक घाट परिदर्शन गरे। उल्लेखनीय छ, यसभन्दा अघि लालमोहन मौलिक घाटमा छठ पूजा आयोजनलाई लिएर समस्या देखा परेको थियो विशेषगरी छठ पूजाको घाट बनाउँदा तिनीहरूले ग्रीन ट्राइबुनलको निर्देशलाई वास्ता नगरी घाट बनाएको आरोप थियो ।

छठ पूजा गर्नेहरूले नगरनिगमको पक्षबाट महानन्दा नदीको घाट सौन्दर्यकरणको निम्ति बनाएको गार्डवाल भत्काएका थिए यस विषयमा जिल्ला शासक एस. पुन्नवलमले भने, एनजेटीको निर्देशानुसार नदीको बगर वा नदीमा घाट बनाउन पाइँदैन । प्रशासनको पक्षबाट महानन्दा नदीको किनारमा जहाँ घाट बनाउँदै त्यहीं छठ पूजा गर्नेहरू पूजाको पण्डाल बनाउन सक्छ तिनीहरूलाई कुनै प्रकारको समस्या नहोस् भनेर नगरनिगमको पक्षबाट सबै प्रकारको व्यवस्था गर्नेछ पुलिस कमिश्नर गौरव शर्माले भने, विसर्जन र छठ पूजामा कुनै प्रकारको समस्या नहोस् भनेर यथासम्भव व्यवस्था गरिएको छ।

यसरी नै सोमवार तिनीहरूले माँ सन्तोषी घाट परिदर्शन गरे अनि पूजा सम्बन्धी सबै प्रकारका व्यवस्था सम्बन्धी जानकारी लिए । यस क्रममा अधिकारीहरूसहित छठ पूजा कमिटी अध्यक्ष मिथिलेश साहनी, सचिव छोटु पण्डित, कोषाध्यक्ष मिथिलेश राय, संयोजक सन्तोष मण्डल, विश्वजीत, अमित नायक, नवीन मण्डल, अभिषेक साहनी, पिण्टु शा, सूरज साहनीसहित अन्य सदस्यहरू सामेल थिए|

Leave a Reply

Your email address will not be published. Required fields are marked *