यूएईमा जारी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा भारत लगातार दोस्रोपटक हारेको छ।
सुपर १२ अन्तर्गत आइतबार भएको खेलमा भारतलाई न्युजिल्यान्डले ८ विकेटले
यो जितसँगै सुपर १२ समूह २ मा रहेको न्युजिल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ पराजित भारत भने समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।
कुन देश कुन स्थानमा?
सुपर १२ समूह २ मा पाकिस्तान : ३ खेलमा सबैमा जित, शीर्ष स्थानमा।
अफगानिस्तान : ३ खेलमा २ मा जित र १ मा हार, दोस्रो स्थानमा।
न्युजिल्यान्ड : २ खेलमा १ मा जित र १ मा हार, तेस्रो स्थानमा।
नामिबिया : २ खेलमा १ मा जित र १ मा हार, चौथो स्थानमा।
समान २ खेल खेलेका भारत र स्कटल्यान्ड :अंकविहीन, क्रमशः पाँचौं र छैटौं स्थानमा।
सुपर १२ समूह १ मा इंग्ल्यान्ड– ३ खेलमा सबै जित, ६ अंकसहित शीर्षस्थानमा।
अस्ट्रेलिया– ३ खेलमा २ मा जित र १ मा हार, ४ अंकसहित दोस्रो स्थानमा।
दक्षिण अफ्रिका– ३ खेलमा २ मा जित र १ मा हार, समान ४ अंक भए पनि नेटरनरेटका आधारमा तेस्रो स्थानमा।
श्रीलंका– ३ खेलमा १ मा जित र २ मा हार, चौथो स्थानमा।
वेस्टइन्डिज– ३ खेलमा १ मा जित र २ मा हार, पाँचौ स्थानमा।
बंगलादेश– ३ खेलमा सबैमा हार, पुछारमा।