तीन महिलालाई ट्रकले किल्चेर मारेको छ।

हरियाणा र दिल्लीको सिमानामा तीन महिलालाई ट्रकले किल्चेर मारेको छ। अटो रिक्सा कुरिरहेका ती महिलामाथि ट्रक गुड्दा घटनास्थलमै दुई महिलाको ज्यान गएको प्रहरीले जनाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार एक महिलाको भने उपचारका क्रममा मृत्यु भएको छ।

सडकको डिभाइडर नजिक रिक्सा कुरिरहेका महिलालाई ट्रकले कुल्चेर चालक भागेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार ती महिला पञ्चाव प्रान्तका रहेको प्रहरीले जानकारी दिएको छ।

सो ट्रकले पञ्चावका किसानहरूले आन्दोलन गरिरहेको स्थान नजिक कुल्चेको बताइएको छ। दिल्लीको सिमाना नजिक ११ महिनाअघिदेखि कृषि सम्बन्धीका तीन कानुन खारेजीको माग गर्दै ती किसान आन्दोलनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *