टी-२० विश्वकपमा आजदेखि सुपर-१२ का खेल हुँदै, पहिलो खेलमा अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर-१२ का खेलहरु हुँदैछन्। समूह चरणका चार टोलीको निश्चित भएसँगै सुपर-१२ का खेल हुन लागेका हुन्। पहिलो खेल अष्ट्रेलिया र साउथ अफ्रिकाबीच हुँदैछ। खेल आबुधाबीमा हुनेछ।

नेपाली समय अनुसार ३ः४५ बजे खेल सुरु हुनेछ।

यस्तै, शनिबार राति इंग्ल्याण्ड र वेस्ट इन्डिजबीच दोस्रो खेल हुनेछ। आइतबार राति बहुप्रतीक्षित भारत–पाकिस्तानको खेल हुनेछ।

समूह चरणको खेलबाट श्रीलंका, नामिबिया, स्कटल्याण्ड र बंगलादेशले स्थान बनाएपछि वर्ल्डकप खेल्ने १२ टिमको टुंगो लागेको हो। आयरल्याण्ड, ओमान, नेदरल्याण्डस् र पपुवा न्यू गिनीले भने सुपर १२ मा स्थान बनाउन सकेनन्।

प्रतियोगितामा सुपर १२ मा स्थान बनाएका चार टोलीबाहेक अष्ट्रेलिया, साउथ अफ्रिका, इंग्ल्याण्ड, वेस्ट इन्डिज, भारत, पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान सहभागी छन्। 

विश्वकपका खेलहरु यो पटक ओमान र दुबईमा हुनेछन्। प्रतियोगिताको फाइनल खेल नोभेम्बर १४ मा हुनेछ।



facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *