कश्मीरदेखि बंगलादेशसम्म हिन्दूहरूको हत्या भइरहेको छ : केन्द्रिय मंत्री

कांग्रेस पार्टीका सांसद तथा पूर्व केन्द्रीय मन्त्री मनीष तिवारीले आइतवार ट्रीट गरेर दक्षिण एसियामा इस्लामिक एजेन्डाले काम गरिरहेको बताएका छन् । जम्मुकश्मीरमा गैर मुसलमानहरूको हत्या तथा बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको अत्याचारलाई सन्दर्भ बनाएर उनले ट्वीट गरेका हुन् । उनले लेखे, ‘कश्मीरमा गैरमुसलमानको हत्या, बंगलादेशमा हिन्दूहरूको हत्या र पुंछमा नौ जवानको हत्यामा कुनै लिंक छ? शायद छ। दक्षिण एसियामा ठूलै इस्लामिक एजेन्डाले काम गरिरहेको छ।’ कश्मीरमा केही दिनयता आतंकवादीहरूले त्रास फैलाउनका लागि सर्वसाधारणलाई तारो बनाइरहेका छन् । ती सबै मानिस गैरमुस्लिम थिए ।

त्यसपछि सुरक्षाबलहरूले आतंकवादीहरूका विरुद्ध कारवाही चर्काएका छन् बंगलादेशमा हिन्दूहरू तथा मन्दिरहरूलाई तारो बनाइँदैछ । एउटा हल्ला चलेपछि त्यहाँ दुर्गापूजाका पण्डालमा आक्रमण गरियो अनि देवीका मूर्तिहरू पनि भत्काइयो । बंगलादेशका कतिपय जिल्लामा हालत तनावग्रस्त छ । शुक्रवार मात्र इस्कोन मन्दिरमा भीडले आक्रमण गरेको छ। भीडले श्रद्धालुहरूलाई कुटपिट गरेको थियो एक श्रद्धालुको मृत्यु भएको छ भने २०० भन्दा अधिक घाइते छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *