पाकिस्तानी परमाणु बमका पिता एक्यू खानको निधन

“पाकिस्तानी परमाणु बमका पिता” मानिने डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा मृत्यु भएको छ।उनी कोभिड सङ्क्रमणका कारण अस्पताल भर्ना भएका थिए। पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि उनलाई राष्ट्रिय नायक मानिन्छ। तर उनीमाथि उत्तर कोरिया र इरानलाई परमाणु हतियारका गोप्य जानकारी दिएको आरोप पनि लगाइन्छ। रधानमन्त्री इमरान खानले पाकिस्तानले राष्ट्रिय विभूति गुमाएको बताएका छन्।

“हामीलाई परमाणु हतियार राज्य बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका कारण हाम्रो देशले उनीलाई माया गर्छ,” खानले ट्वीट गरेका छन्। एक्यू खानका नामले चिनिने उनले इस्लामाबादनजिकै कहुटामा पाकिस्तानको पहिलो परमाणु केन्द्र स्थापना गर्न प्रमुख भूमिका खेलेका थिए। सन् १९९८ मा पाकिस्तानले पहिलो परमाणु परीक्षण गरेको थियो। भारतले परमाणु परीक्षण गरेको केही समयपछि प्राप्त सफलताले भारतलाई विश्वको सातौँ पारमाणविक शक्ति राष्ट्र बनायो र देशभरि विजयोत्सव मनाइयो।

सन् २००४ मा उनलाई इरान, लिबिया र उत्तर कोरियालाई गैरकानुनी रूपमा परमाणु प्रविधिबारे जानकारी दिएको आरोपमा गिरफ्तार गरिएको थियो।

उनलाई तत्कालीन राष्ट्रपति परवेज मुसर्रफले माफी दिए पनि सन् २००९ सम्म उनी घरमै नजरबन्दमा राखिएका थिए।

पश्चिमा राष्ट्रहरू उनलाई कारवाही नगरिएकोमा आक्रोशित थिए।

पाकिस्तानमा भने उनी प्रतिष्ठित बनिरहे।

“उनले हामीलाई राष्ट्र सुरक्षित गर्ने परमाणु शक्ति विकास गर्न सहयोग गरे र एउटा कृतज्ञ राष्ट्रले उनको सेवालाई कहिल्यै भुल्ने छैन,” पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *