मन्त्रीको छोरा पक्रन एक साताको अल्टिमेटम

उत्तर प्रदेशको लखीमपुर खीरीमा प्रदर्शन गरिरहेका चार किसानसहित आठ जनाको मृत्यु भएको तीन दिनपछि पनि पुलिसले कसैलाई पक्राउ गर्न सकेको छैन । केन्द्रिय गृहराज्यमन्त्री अजयकुमार मिश्रा टेनीको पैतृक गाउँ बनबरीपुरमा आयोजित एक समारोहमा उप मुख्यमन्त्री केशव प्रसाद मौर्य जाने विषयमा किसानहरुले विरोध प्रदर्शन गरिरहेका थिए । किसानहरुको आरोप छ कि प्रदर्शनकारीहरूलाई एसयूभी गाडीले किचेर मारियो । मारिनेमा चार किसानसहित अन्य पीडितमध्ये एक स्वतन्त्र पत्रकार रमन कश्यप थिए मीडियाअनुसार उनीहरुको परिवारले मामिलामा कश्यपको गोली हानेर हत्या गरिएको आरोप लगाएका छन् किनभने कश्यपले घटनास्थलमा भीआईपीहरुको गाडीले किसानलाई कुल्चेको भिडियो खिचिरहेका थिए ।

आइतबारको घटनामा मन्त्रीका छोरा आशीष मिश्रासहित अन्यको नाम लिँदै हत्याको मामिला दर्ता गरिएको छ तर किसानहरुको आरोप छ- पुलिस अधिकारीहरु आरोपीहरुलाई पक्राउ गर्नुको साटो उनीहरुलाई बचाइरहेका छन् । विपक्षी पार्टीहरूको पनि यस्तै आरोप छ । प्रियंका गान्धी वाड्रा र अखिलेश यादवसहित लखीमपुर खीरी जाने प्रयास गर्ने कयौं विपक्षी नेताहरुलाई पुलिसले हिरासतमा राखेको छ। माकपाले आठ जनाको मृत्युमा छोराको कथित संलग्नता देखिएको हुँदा मन्त्रीलाई पदबाट हटाउन माग गरेको छ । उता भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैतले हिंसामा चार किसानसहित आठ जनाको मृत्युको घटनाका आरोपी एवम् केन्द्रिय गृहराज्य मन्त्री अजय कुमार मिश्राका छोरा आशिष मिश्रा उर्फ मोनूको पक्राउको माग गर्दै एक साताको अल्टिमेटम दिएका छन् ।

तिनले भने, मारिएका किसानहरुको कामको दिन हामी यहाँ फेरि जम्मा हुनेछौं र आगामी रणनीति तय गर्नेछौँ । टिकैतले लखीमपुर खीरीमा भएको हिंसामा मारिएका किसान गुरविन्दर सिंहको घरमा पुगेर पत्रकारहरुसँग कुराकानी गर्दै भने, मन्त्रीको छोरालाई कयाँ ले घटनास्थलमा देखेका थिए र मानिसहरुसँग कयौँ भिडियो रहेको छ। खीरीमा इन्टरनेट सेवा बहाल हुनेबित्तिकै ती भिडियो बाहिर आउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *