गाह्रो समयमा शाहरुखलाई गरे फ्यानहरुले समर्थन

बलिउड अभिनेता शाहरुख खान अहिले निकै समस्यामा परेका छन् । उनका छोरा आर्यन खान ड्रग्स केसमा पक्राउ परेका छन्। यस गाह्रो समयमा शाहरुखका फ्यानहरूले पनि उनको साथमा रहेको प्रतिक्रिया दिएका छन् मंगलबार रातिदेखि नै शाहरुखको साथमा छौं भन्दै ठूलो संख्यामा समर्थकहरु उनको घरअगाडि जम्मा भएका छन्। उनीहरुको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

शाहरुखको घरअगाडि बसेका फ्यानहरुसँग एउटा ब्यानर पनि छ। संसारको कुना-कुनाबाट तपाईका फ्यानहरुले तपाईलाई धेरै माया गर्छन् शाहरुख, यो गाहो समयमा हामी सबै तपाईको साथमा खडा छौं । टेक केयर किङ । सामाजिक सञ्जालमार्फत पनि शाहरुखका विश्वभरिका करोडौं समर्थकहरुले गाह्रो समयमा उनको साथमा रहेको प्रतिक्रिया दिइरहेका छन्।

आर्यन पक्राउ पर्नासाथ बलिउडकर्मीहरुले पनि शाहरुखलाई नआत्तिन भनिरहेका छन् । उनको घरमा सबैभन्दा पहिले सलमान खान पुगेका थिए । त्यसपछि सलमान खानका दुबै बहिनी शाहरुखसँग भेट्न उनको घरमा पुगे । यसबाहेक सुनिल सेट्टी, सुचित्रा कृष्णमुर्ती, विवेक वासवानी, सिकंदर खेर, महीप कपुर, हंसल महेतालगायत स्टराहरुले शाहरुखको साथमा रहेको दिइसकेका छन्। शाहरुखका छोरा आर्यन बिहीबारसम्म पुलिस हिरासतमा रहनेछन् । मुम्बईबाट गोवातर्फ गइरहेको एक जहाजमा चलिरहेको रेव पार्टीमा नारकोटिक्स कन्ट्रोल ब्युरोले आइतबार छापा मारेको थियो, त्यसक्रममा आर्यन र अन्य आठजना पक्राउ परे। छानविनकै क्रममा आर्यनले विगत चार वर्षदेखि आफुले ड्रग्स लिइरहेको बयान दिएका छन्|

Leave a Reply

Your email address will not be published. Required fields are marked *