पीएमद्वारा ३५ प्रेशर स्विंग एडोप्शन (पीएसए) अक्सिजन प्लान्ट समर्पित

प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बिहीबार) देशका ३५ राज्य र केन्द्र शासित प्रदेशहरुमा प्रधानमन्त्री नागरिक सहायता र राहत कोष (पीएम केयर्स कोष) बाट स्थापित ३५ प्रेशर स्विंग एडोप्शन (पीएसए) अक्सिजन प्लान्ट समर्पित गरेका छन्। देशमा अब कुल १२२४ पीएसए अक्सिजन संयंत्रहरुलाई प्रधानमन्त्री केयर्स कोषबाट धन प्रदान गरिएको छ । यीमध्ये ११०० पीएसए अक्सिजन प्लान्टहरु स्थापित भइसकेका छन् र १७५० मीट्रिक टन अक्सिजन दैनिक उपलब्ध हुनेछ। उत्तराखण्डको ऋषिकेश एआईआईएमएस मा आयोजित -कार्यक्रमको क्रममा एक जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, नवरात्रीको पवित्र पर्व पनि आजबाट शुरु हुँदैछ । पहिलो दिनमा शैलपुत्रीको पूजा गरिन्छ । आमा शैलपुत्री हिमालयकी छोरी हुन् र यस दिन म यहाँ छु, यहाँ आएर यस माटोलाई प्रणाम गर्दैछु हिमालयको यो भूमीलाई प्रणाम गर्नु, यो भन्दा ठूलो आशिष जीवनमा के हुन सक्छ ।

प्रधानमन्त्रीले भने, १०८ दिनमा देशमा ११९१ पीएसए अक्सिजन प्लान्टहरु देशमा सञ्चालन भइसकेको छ उनले भने, पीएम केयर्स कोषद्वारा स्वीकृत ११५० भन्दा अधिक पीएसए अक्सिजन प्लान्टले काम गर्न थालेको छ। अब देशका हरेक जिल्ला पीएम केयर फण्ड अन्तर्गत स्थापित पाएसए अक्सिजन प्लान्टद्वारा कभर गरिएको छ। प्रधानमन्त्रीले भने, देशमा लगभग ४००० नयाँ अक्सिजन प्लान्टहरु स्थापित हुने छ। प्रधानमन्त्रीले भने, यी प्लान्टहरुको शुरुवात संगै अब नयाँ भेन्टिलेटरहरुको सुविधा देशको दुर्गम क्षेत्रहरुमा पनि उपलब्ध हुनेछ उनले भने, मेड इन इण्डिया कोरोना भ्याक्सिन छिटो र ठूलो मात्रामा निर्माण भइरहेको छ। प्रधानमन्त्रीले भने, विश्वको सबैभन्दा ठूलो र सबभन्दा छिटो भ्याक्सिन अभियान देशमा चलाईरहेको छ ताकि कोविड नियन्त्रण गर्न सकियोस्।

उनले भने, भारतले जे गरेर देखाएको छ, त्यो हाम्रो संकल्पशक्ति, हाम्रो सेवाभाव, हाम्रो एकजुटताको प्रतीक हो प्रधानमन्त्रीले भने, सामान्य दिनहरुमा देशमा ९०० मीट्रिक टन तरल चिकित्सा अक्सिजन उत्पादन भएको थियो तर अब अक्सिजन उत्पादन १० गुणा भन्दा धेर बढेको छ। उनले भने, पहिला कोविड परीक्षण प्रयोगशाला मात्र एक थियो… अब ३ हजार परीक्षण प्रयोगशालाहरुको एक नेटवर्क बनाएको छ । उनले भने, आज संसारमा सब भन्दा छिटो भ्याक्सिन अभियान देशभरिमा चलिरहेको छ र चाँडै हामी १०० करोड़ मानिसहरुलाई भ्याक्सिन दिनेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *