ड्रग्सदेखि बम विस्फोटसम्म मुछिएका बलिवुड कलाकारहरू

क्रुज पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खान यतिबेला पुलिस हिरासतमा छन् । पुलिसले मुम्बई चलिरहेको क्रुज पार्टीमा छापा मार्दा आर्यनसहित १३ जनालाई पक्राउ गरेको थियो, सहभागीहरूबाट पुलिसले ड्रग्स र कोकिन बरामद गरेको छ। यद्यपि, आर्यनबाट ड्रग्स बरामद भएको छैन तर उनले पुलिस सोधपुछका क्रममा ड्रग्स लिने गरेको स्विकारेका छन् । बलिउडमा विवादको घेरामा तानिएका आर्यन एक्लो सेलिब्रेटी होइनन । कहिले अण्डरवर्ल्ड, कहिले यौन हिंसा त कहिले ड्रग्स प्रकरणले बलिउडलाई तरंगित गरिरहन्छ। ग्याङस्टार फिल्ममा निभाएको मुख्य भूमिकाले साइनी अहुजालाई एकाएक स्टार बनाएको थियो । तर २०११ मा उनी बलात्कारको अभियोगमा फसे । उनीविरुद्ध आफ्नै घरमा काम गर्ने महिलाले बलात्कारको मामिलादर्ता गरको थियो । त्यसपछि अहुजाले करियरमा राम्रो कमब्याक गर्न सकेनन् । विजयराज बलिउडका उत्कृष्ट अभिनेता, कमेडियन तथा निर्देशक हुन् । यी अभिनेता २००५ मा दिवाने हुए पागल फिल्मको सुटिङका अवधि ड्रग्ससहित अबुदाबीबाट पक्राउ परेका थिए । २०१४ मा पुलिसले देह व्यापारको जालो पत्ता लगाएर धेरै महिलालाई पक्राउ परेको थियो ।

पक्राउ पर्नेमा अभिनेत्री स्वेता बासुप्रसाद पनि थिइन् उनलाई पुलिसले रिहाब पठायो, अहिले यी अभिनेत्री आफ्नो करियरमै केन्द्रीत छिन् । अण्डरवर्ल्ड डन दाउद इब्राहिमसँगको प्रेम सम्बन्धका कारण अभिनेत्री मन्दाकिनी निकै चर्चामा आएकी थिइन् । यो सम्बन्ध पुष्टि हुनेगरी फोटोहरु सार्वजनिक भएपछि उनले फिल्म उद्योग नै छाडिन् । चर्चित टिभी अभिनेता अमन वार्मा एकपटक स्टिंग अपरेशनमा रंगेहात समातिएका थिए । उनले एक युवतीसामु फिल्म उद्योगमा काम लगाइदिएबापत यौन सम्बन्ध बनाउन पाउनुपर्ने प्रस्ताव राखेका थिए । २००५ मा चर्चित अभिनेता शक्ति कपुर पनि यस्तै महिलामा स्टिंग अपरेशनमा परेका थिए ।

उनले एक महिला रिपोर्टरलाई फिल्ममा काम लगाइदिने भन्दै यौन सम्बन्धको प्रस्ताव राखेका थिए । मुम्बई पुलिसले केही समयअघि मात्रै पोर्न फिल्म बनाएको अभियोगमा शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई पक्राउ गरेको थियो । २००१ मा कोकिन किन्दै गरेको अवस्थामा फरदिन खान समातिएका थिए । उनलाई पुलिसले मुम्बईको जुहु इलाकाबाट समातेको थियो । १९९३ को मुम्बई बम विस्फोटमा संलग्न भएको भन्दै सञ्जय दत्तलाई पुलिसले उनकै घरबाट पक्राउ गरेको थियो । उनको साथबाट एके ५६ राइफल पनि बरामद गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *