जनवरीदेखि पर्यटन उद्योग खोल्ने तयारी

देशमा रेकर्ड भ्याक्सिन र कोरोना संक्रमणको गति कम भएको कारण सरकारले १ जनवरी २०२२ बाट पर्यटन उद्योग खोल्ने तयारी गरिरहेको छ। यसको उद्देश्य पर्यटनको माध्यमबाट अर्थव्यवस्थालाई गति दिनु हो यसमा अन्तर्राष्ट्रिय उडानहरु पनि शुरु हुनेछन् । यस बाहेक पहिलो पाँच लाख पर्यटकहरुलाई नि: शुल्क पर्यटक भिसा पनि दिइनेछ । यदि परिस्थिति दिसम्बर १५ सम्म ठीक रह्यो भने नयाँ बर्षमा स्वदेशी र विदेशी पर्यटकहरु भारत भ्रमण गर्ने मौका पाउनेछन् । वैश्विक महामारी कोभिड – १९ को कारण गत वर्ष मार्चदेखि बन्द पर्यटन उद्योग खोल्ने कार्ययोजना तयार पारिएको छ यद्यपि, अन्तिम निर्णय केन्द्रिय गृह मन्त्रालय, स्वास्थ्य र विदेश मामिला मन्त्रालयहरुद्वारा लिइनेछ ।

यस बाहेक मन्त्रिपरिषदको स्वीकृति पनि लिइनेछ । भ्याक्सिन र संक्रमण दरमा कमी पछि महामारीमा ह्रास आएको अर्थव्यवस्थालाई गति दिनको लागि लकडाउनको प्रतिबन्धहरुलाई समाप्त गरिन्दैछ । यही कारण हो कि राज्यहरु उद्योग र यातायात पछि स्कूलहरु खोल्न थालेका छन् । यस कारणले केन्द्रिय पर्यटन मंत्रालय रोजगारको प्रवर्द्धन गर्नको •लागि आन्तरिक र विदेशी पर्यटकहरुलाई स्वागत गर्नको लागि तयारी गरीरहेको ॐछ। नयाँ बर्षमा पर्यटन उद्योग खोलियो भने त्यसको लाभ होटल, यसको सम्बन्धित कर्मचारीहरु, क्याब ट्याक्सी, टूर अपरेटर, गाइड आदिलाई हुनेछ।

वास्तवमा विश्वमा पर्यटन उद्योग कुनै देशको अर्थव्यवस्थालाई गति दिदैँछ, किनकि अधिकतम रोजगारसंग जोडिएको हुन्छ दोस्रो अन्तर्राष्ट्रिय उडानहरु पनि शुरु हुनेछन्।केन्द्रिय पर्यटन मन्त्री किशन रेड्डीले भने, विश्वव्यापी महामारीको कारण पर्यटन उद्योग बन्द छ। दिसम्बरसम्म अधिकतम भ्याक्सिन र कम संक्रमणको कारण हामी जनवरीमा पर्यटन उद्योग खोल्ने सोचमा छौं । यसका लागि कार्ययोजना तयार भइरहेको छ। परिस्थितिको आधारमा मात्र खोलिनेछ तर अन्तिम निर्णय केन्द्रिय गृह मन्त्रालय, स्वास्थ्य, विदेश मामिला मन्त्रालयले लिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *