प्रशंसा गरेपछि तारोमा बाइडेन

भारतीय मिडियाको प्रशंसा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चर्को आलोचना खेप्नु परेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले भारतीय मिडियाको प्रशंसा र अमेरिकी पत्रकारहरूको आलोचना गरेको थिए । उनले अमेरिकी पत्रकारहरू कयौँ पटक विदेशी नेता सामु आफ्ना मुद्धाहरुबाट विमुख हुने गरेको अभिव्यक्ति दिएका थिए यस्तै उनले भारतीय मिडिया आफ्ना मुद्धाहरुमा केन्द्रित रहेको बयान थिए।

बाइडे नको यस्तो | अभिव्यक्तिप्रति अमेरिकी प्रेस जगतले चित्त दुखाएको छ । सोही कारण ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रेस सचिव जोन साकीले यस विषयमा चर्को प्रश्नको सामना गर्नुपयो ।

प्रेस स्वतन्त्रताको मामिलामा भारत १४२ स्थानमा र अमेरिका ४४ औँ स्थानमा रहेको बताउँदै भारतीय मिडिया र अमेरिकी मिडियाबिच कुनै तुलना हुन नसक्ने भन्दै एक पत्रकारले आक्रोश पोखे। यद्यपि उक्त अभिव्यक्तिको बचाउ गर्दै प्रेस सचिव साकीले बाइडेनको अमेरिकी मिडियालाई सम्मान गर्ने गरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *