भवानीपुरलगायत तीन आसनमा शान्तिपूर्ण मतदान आइतवार मतगणना

कलकत्ताको हाई प्रोफाइल भवानीपुरलगायत मुर्शिदाबादका • जङ्गीपुर र शमशेरगञ्ज विधानसभा आसनका उपचुनाउको निम्ति बिहीवार शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । प्राप्त आँकड़ाअनुसार भवानीपुरमा ५३.३२ प्रतिशत अनि जङ्गीपुर र शमशेरगञ्जमा क्रमशः ७६.१२र७८.६० प्रतिशत मतदान भएको छ । भवानीपुर विधानसभा आसनबाट मुख्यमन्त्री तथा तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जी उम्मेद्वार छिन् । तिनको प्रतिद्वन्द्विता भाजपा उम्मेद्वार प्रियङ्का टिबड़ेवालसँग छ । तीनै विधानसभा केन्द्रका विभिन्न मतदान केन्द्रमा बेलुकी ६.३० बजीपछि पनि मतदाताहरू लाइनमा उभिएका थिए । यी तीनै विधानसभा केन्द्रको उपचुनाउको मतगणना १३ अक्टोबरमा हुनेछ भवानीपुरमा मतदान अन्य दुई आसनको तुलनामा कम्ती रह्यो ।

राज्यमा केही महीनाअघि भएको विधानसभा चुनाउमा भवानीपुर आसनमा ६९.७९ प्रतिशत मतदान भएको थियो मतदानकै अवधि भाजपाका मुख्य चुनाउ एजेण्ट कल्याण चौबेमाथि केही अज्ञात व्यक्तिहरूले हमला गरेका अनि तिनको वाहनका ऐनाहरू फुटाइदिएको आरोप छ कल्याण चौबेले बताए अनुसार भवानीपुरका एउटा स्कूलको पोलिङ बूथमा जाली मतदान गरिरहेका दुई व्यक्तिलाई देखेपछि तिनले पुलिस र केन्द्रीय सुरक्षा बललाई सूचित गरेका थिए । त्यसपछि ८-१० बाइक सवार व्यक्तिहरूले तिनीमाथि हमला गरेर कारका ऐनाहरू फुटाइदिएका चौबेको आरोप छ।

भवानीपुर विधानसभा आसनबाट तृणमूल कङ्ग्रेस उम्मेद्वार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले अपराह्न प्राय ३ बजी भवानीपुरको मित्रा इन्स्टिट्यूशनमा मतदान गरिन् । ममता ब्यानर्जीले प्रत्येकपल्ट यसै स्कूलमा मतदान गर्छिन् ।स्मरण रहोस्, भवानीपुर विधानसभा क्षेत्रमा नै ममता ब्यानर्जीको आवास छ। बङ्गालका हाई प्रोफाइल भवानीपुर विधानसभा आसनको उपचुनाउको निम्ति भइरहेको मतदानमाझ नै बिहीवार भाजपा उम्मेद्वार प्रियङ्का टिबड़ेवालले आरोप लगाएअनुसार सत्तारूढ़ तृणमूल कङ्ग्रेसका केही व्यक्तिहरूले मतदानको निम्ति रकम भुक्तान गरिरहेका थिए। टिबड़ेवालले दाबी गरे अनुसार एकजना मतदाताले मतदानको निम्ति|

Leave a Reply

Your email address will not be published. Required fields are marked *