पत्रकारहरूलाई एकजुट गर्दै प्रेस क्लब अफ सोनादा गठन

वर्षौंदेखि सोनादा क्षेत्रमा कार्य गरिरहेका विभिन्न प्रिन्ट अनि इलेक्ट्रोनिक मिडियाहरू एउटै मञ्चमा आउदै बुधवार एक सभाको आयोजना गरियो । उक्त सभामा प्रेस क्लब अफ सोनादा गठन गरियो । सोनादा बजारको सोनादा क्रोनिकल कार्यालयमा आयोजना गरिएको सभामा भ्रष्टा मञ्च सोनादाका अध्यक्ष एवं वरिष्ठ साहित्यकार सूर्य श्रेष्ठ, कवि जइन्द्र जेनियम, हिमालय दर्पणका पत्रकार किरण छेत्रीको उपस्थितिमा आयोजित सभामा सोनादा क्षेत्रभरिका विभिन्न प्रिन्ट अनि इलेक्ट्रोनिक मिडिया कर्मीहरु क्रमैले सोनादाको सेरोफेरो च्यानलका मुख्य सम्पादक एवं हाम्रो प्रजाशक्ती दैनिकका पत्रकार सञ्जीव मोहोरा, सोनादा क्रोनिकलका सम्पादकद्वय सुमन गुरूङ, सोयम प्रधान केवल सिन्च्युरी, ई-खबर अनि न्युजका किरण शर्मा उपस्थित रहेको सभामा सोनादा क्षेत्रका पत्रकारहरूले हालसम्म भोग्दै आईरहेको कठिनाइ, असुरक्षा साथै असुबिधाहरुलाई मध्य नजर राख्दै सबैले आ आफ्नो मन्तव्य राखे।

सभामा सोनादा क्षेत्रका पत्रकारहरूको सुविधालाई मध्य नजर राख्दै प्रेस क्लब अफ सोनादा नामाकरण गर्दै मिडियाकर्मीहरूको संगठन गठन गरिएको हो । सभामा सर्वसम्मतिद्वारा प्रेस क्लब अफ सोनादाका अध्यक्ष सुमन गुरुङ (सोनादा क्रोनिकल), उपाध्यक्ष किरण शर्मा (ई- खबर, वेबन्युज), मूलसचिव सञ्जीव मोहोरा (हाम्रो प्रजाशक्ती , सोनादाको सेरोफेरो च्यानल ), सहसचिव केवल सिन्च्युरी (सोनादा क्रोनिकल), कोषाध्यक्ष सोयम प्रधान (सोनादा क्रोनिकल) लाई सर्वसम्मतिद्वारा चयन गरियो भने प्रेस क्लब अफ सोनादाका मुख्य संयोजकहरू क्रमैले वरिष्ठ साहित्यकार सूर्य श्रेष्ठ, कवि जइन्द्र जेनियम अन हिमालय दर्पणका पत्रकार किरण छेत्रीलाई चयन गरिएको छ।

सभामा नवगठित पदाधिकारीहरूले अबउसो कुनै पनि राजनीतिक गैरराजनीतिक पार्टी अथवा कुनै संघ-संस्थाले आफ्नो समाचार छपाउन परेमा साथै प्रसारण गर्न परेमा प्रेस क्लब अफ सोनादाका सभापति सचिवको नाममा पत्रचार गरेको हुनपर्छ भन्ने नियम राख्दै कसैले पनि पत्रकार सम्मेलन गर्न परे सोझै प्रेस क्लब अफ सोनादाको कार्यालयमा आएर मात्र पत्रकार सम्मेलन गरेको समाचारलाई क्लबले मान्यता दिने सभामा पारित गरियो । सभाको अन्त्यमा सभापति सूर्य श्रेष्ठले आजको दिन सोनादाको निम्ति ऐतिहासिक रहेको भन्दै गणतन्त्रको चौथो स्तम्भ सोनादा क्षेत्रका पत्रकारहरूले यहाँको विभिन्न समाचारहरूलाई पाठक वर्गसम्म पुऱ्याउन ठुलो काम गरेको, क्षेत्रको विकासको निम्ति पत्रकारहरूको ठुलो भूमिका रहेको साधारण जनताको दुखेसो क्षेत्रको समस्याहरुलाई संकलन गरेर सम्बन्धित विभागहरूसम्म पुयाउन समाज सबैभन्दा ठुलो भूमिका निर्वाह गरेकोले आम मानिसहरू विशेष पत्रकारहरुलाई साधारण सम्झन्छन् । यसैले आजदेखि सोनादा क्षेत्रको पत्रकारहरूको निम्ति एउटा संगठन खड़ा गरेका छौँ । आशा छ यस संगठनमा पत्रकारहरूले सुरक्षित वातावरणमा पत्रकारिता गर्नेछ भन्दै नवगठित प्रेस क्लब अफ सोनादाका नवनिर्वाचित सदस्यहरुलाई शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *