मन्त्री मण्डलको बैठकमा विभिन्न विभागअन्तर्गत धनराशि स्वीकृति

राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा बसेको राज्य मन्त्रीमण्डलको बैठकमा विभिन्न योजनाहरूलाई अनुमोदन गर्दै धनराशि स्वीकृत गरिएको छ। २७ सेप्टेम्बरको दिन आयोजित बैठकमा मन्त्रीमण्डलले योजनाहरूमाथि छलफल गर्दै प्रशासनिक स्वीकृतिसँगै वित्तीय आवण्टनको निम्ति स्वीकृति दिएको छ । बैठकमा वर्ष २०२१-२२-को निम्ति कृषि सांख्यिकी रिपोर्टिङको निम्ति एजेन्सी स्थापना कार्यान्वयन गर्न रु. १०६.१७ लाख धनराशिलाई प्रशासनिक स्वीकृति दिइएको छ । यसको निम्ति रु. ७० लाख वित्तीय स्वीकृति दिइयो ।

राज्यमा रहेका पशु चिकित्सा पोलिक्लिनिक अनि पशुपालन एवं पशु चिकित्सा सेवा विभागको एनेक्स भवनमा विद्युत ब्याक अप सुविधाहेतू वर्तमान रहेको विद्युतीकरणलाई मरम्मति अनि बढ़ोत्तरी गर्न रु. २४.९३ लाख प्रशासनिकसँगै वित्तीय स्वीकृति दिइयो यसैगरी, सुँगुर उत्पादन प्रोत्साहन योजना कार्यान्वयनहेतू रु. ३ करोड़को प्रशासनिक अनि सामूहिक स्वीकृति दिइयो राष्ट्रिय पशुधन मिशन २०२०- २१- अन्तर्गत उप-मिशन फिड अनि चारो विकास कार्यान्वयनहेतू रु. ९६.८३ लाख वित्तीय स्वीकृति दिइयो ।

सिक्किम पशुधन विकास बोर्डद्वारा यौन क्रमबद्ध वीर्य कार्यक्रमलाई कार्यान्वयन गर्न रु. ७.२५ करोड़ प्रशासनिक अनि वित्तीय स्वीकृति दिइयो । संगठित क्षेत्रअन्तर्गत रहेका दूध उत्पादकहरूलाई प्रतिलिटर रु. ८ गरेर राज्य सरकारद्वारा प्रदान गरिने प्रोत्साहन राशिको निम्ति रु. १० करोड़ स्वीकृतिसँग सामूहिक स्वीकृति दिइयो । यसको निम्ति पहिलो किस्ता स्वरूप रु. ३,८६,६०,८८२ धनराशि जारी गरियो ।

यसरी नै भवन तथा आवास विभागमार्फत दक्षिण सिक्किमको नामथाङ रातेपानी समष्टिअन्तर्गत निनग्रेम्याङमा रहेको उगेन थिम वासालिङ गुरुङ गुम्बा निर्माणको निम्ति रु. १९३.२१ लाख धनराशिलाई प्रशासनिक स्वीकृति दिइयो संस्कृति विभागअन्तर्गत जारी वित्त वर्षको निम्ति पूर्वोत्तर क्षेत्र संस्कृति केन्द्र कोषमा योगदानको निम्ति रु. २५ लाख स्वीकृत गरियो । वित्तीय वर्ष २०२१- २२ को निम्ति नामग्याल इन्स्टिच्युट अफ टिबेटोलोजीलाई अनुदान सहायता स्वरूप रु.४० लाख धनराशिलाई स्वीकृति दिइयो ।

पश्चिम सिक्किमको श्रीजंघा हि- पातालमा दोस्रो चरणको सम्बद्ध सुविधाहरू विकसित गर्न रु. २७०८.२० लाख धनराशिलाई प्रशासनिक स्वीकृति दिइयो । जारी वित्त वर्षको निम्ति रु. २५०.०० लाख धनराशि स्वीकृत गरिएको छ। यसैगरी, उत्तर जिल्लाको काबीमा छिमी-लाखाङ निर्माणको निम्ति रु. ३५ लाख धनराशिलाई प्रशासनिक अनि वित्तीय स्वीकृति दिइयो पश्चिम सिक्किमको चुम्बुङस्थित सेमेचुङको विस्तार अनि विकासहेतू रु. ११७.९८ लाख धनराशिलाई प्रशासनिक स्वीकृति दिइयो । जारी वर्षमा यसको निम्ति रु. ५० लाख धनराशि स्वीकृत गरिएको छ । दक्षिण सिक्किमको अप्पर याङगाङमा नयाँ गुरुङ गुम्बा निर्माणको निम्ति रु. ३७४.४२ लाख धनराशिलाई प्रशासनिक स्वीकृति दिइएको छ। यसको निम्ति जारी वित्त वर्षमा रु. ५० लाख धनराशिलाई स्वीकृति दिइयो । पश्चिम सिक्किमकै लामाथाङ गाउँमा सेमेचुड भवन निर्माणहेत रु. २४९.६३ लाख धनराशिलाई प्रशासनिक स्वीकृति दिइएको छ । जारी वित्त वर्षमा यसको निम्ति रु. ३० लाख धनराशि स्वीकृत गरिएको छ।

दक्षिण सिक्किमको लोवर राङगाङमा लिम्बू सांस्कृतिक धरोहर एवं माङखिम निर्माण रु. ३७६.२९ लाख धनराशिलाई प्रशासनिक स्वीकृति दिइएको छ। यसको निम्ति जारी वित्त वर्षमा रु. ५० लाख धनराशिलाई स्वीकृति दिइएको छ। शिक्षा विभागअन्तर्गत मुख्यमन्त्री मेधावी छात्रवृत्ति योजना अन्तर्गत वर्ष २०२०-२१ को निम्ति राज्यभित्र अनि राज्यबाहिर अध्ययनरत विद्यार्थीहरूको विद्यालय शुल्क लगायत अन्य भुक्तानहेत रु. ८ करोड़ धनराशिलाई स्वीकृति दिइयो । यसका साथै विभिन्न विभागका योजनाहरूलाई स्वीकृति दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *