सौरभले बुद्धिमानीको साथ ब्याटिङ्ग गरे: रोहित

इण्डियन प्रीमियर लीग (आइपीएल) – मा पञ्जाब किङ्ग्स विरुद्ध मङ्गलवार राति ६ विकेटले जीतको साथ प्लेअफ् को दिशामा कदम बढ़ाउने मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले ईशान किशनको स्थानमा टोलीमा सामेल हुने सौरभ तिवारीको प्रशंसा गरे ।

केवल १६ रनमा २ विकेटको पतनपछि तिवारीले ३७ बलमा ४५ रनको इनिङ्ग्स खेलेर टोलीलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे उनले इनिङ्ग्सले गर्दा मुम्बईले जीतको निम्ति प्राप्त भएको १३६ रनको लक्ष्यलाई ६ बल बाँकी रहँदै हासिल गयो । म्याचपछि रोहितले भने, ईशानलाई बाहिर राख्नु मुश्किल फसेला थियो तर हामीलाई टोलीमा फेरबदल गर्नु जरूरी लाग्यो । उनी असाधारण युवा खेलाड़ी हुन् अनि टोलीमा उनको निम्ति दैलो बन्द भएको छैन। सौरभले चेन्नई विरुद्ध यसरी नै अर्द्धशतक बनाएका थिए अनि आज पनि उनले बीचका ओभरहरूमा बुद्धिमानीको साथ ब्याटिङ्ग गरे ।मुम्बई इण्डियन्सका कप्तान म्याचमा अविजित ४० रन बनाउने हार्दिक पाण्ड्या लयमा फर्किंदा पनि खुशी छन्। उनले भने, हार्दिकले पीचमा असल समय बिताए ।

यो हाम्रो निम्ति असल सङ्केत हो यसरी नै म्याचमा बल र ब्याटको साथ असल प्रदर्शन गर्ने म्यान अव् द म्याच कायरन पोलार्डले उनी हरेक परिस्थितिको निम्ति तयार रहने बताए म्याचमा २ विकेट लिनको साथै पोलार्डले टी२० क्रिकेटमा ३०० विकेट पनि पूरा गरे। उनले भने, बलिङ्ग गर्ने मौका पाउँदा म आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्ने कोशिष गर्छु। टी२० प्रारूपमा ३०० विकेट मेरो निम्ति महत्त्वपूर्ण हो । म हरेक परिस्थितिको निम्ति तयार रहन्छु । यसरी नै पञ्जाब किङ्ग्सका कप्तान के एर राहुलले ब्याट्सम्यानहरूमाथि रिस पोखाए । उनले भने, बलरहरूले असल सङ्घर्ष गरे तर हामीले स्कोर बोर्डमा पर्याप्त रन नै बनाएका थिएनौं । आजको पीच राम्रो थियो अनि हामीले कम्तीमा १७० को स्कोर बनाउनु पर्थ्यो । हामीले आफ्नो ब्याटिङ्गमा सुधार गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *