अफगानिस्तानमा महिला न्यायाधीशको खोजी

अफगानिस्तानमा महिला अधिकारका उनीहरु अगुवा हुन् यो कानून र ती मानिसहरूका रक्षक हुन् जो देशमा सीमान्तकृत थिए र न्याय चाहन्थे । तर अब २२० भन्दा अधिक अफगान महिला न्यायाधिवक्ता तालिबानको कब्जापछि सजाय पाउने डरले लुकेर बसेका छन् । अफगानिस्तानका अनेकौं गोप्य स्थानहरूबाट ६ पूर्व महिला न्यायधिशहरुले यसबारे आफ्नो मन्तव्य पोखेका छन् । सुरक्षाका कारण यी सबैको नाम फेरिएको छ । मासूमाले आफ्नो न्यायाधीशको करियरको समय सयौं पुरुषहरूलाई | महिलाविरुद्ध हिंसा, बलात्कार, हत्या र प्रताडनाका लागि सजाय दिएकी छन् । तर तालिबानले जब शहरमाथि कब्जा गरे तब हज्जारौं दोषी अपराधीहरूलाई जेलबाट रिहा गरियो ।

यस्तो अवस्थामा उनीहरुलाई हत्या गरिदिने धम्की आइरहेको छ । अपरिचित नम्बरबाट उनीहरुको फोनमा टेक्स्ट मेसेज, भोयस नोट्स आउन थालेका छन्। मासूमा भन्छिन्, ‘तालिबानले जेलमा बन्द सबै | कैदीहरूलाई रिहा गरिरहेको छ भन्ने खबर हामीले सुन्दा मध्य रात हुनै लागेको थियो । हामी तुरुन्त भाग्यौं । हामीले आफ्नो घर र सबैकुरा त्यहिँ छोडिदियौं । पछिल्लो २० वर्षमा अफगानिस्तानमा २७० महिलाले | न्यायाधीशको रुपमा काम गरिसकेका छन् । यीमध्ये कोही देशभित्र चर्चित र शक्तिशाली महिला थिए जसलाई धेरै मानिसले चिन्दथे ।

शहरमा कारमा यात्रा गर्दा मैले बुर्का लगाएकी थिएँ, कसैले मलाई चिन्न नसकोस् भनेर । सौभाग्यले हामीले सबै तालिबान चेकपोइन्ट्स पार गर्यो ‘दोषीले न्यायाधीशलाई भने, बाहिर निस्किएर बदला लिनेछु’ मासूमाले आफ्नो घर छोड्ने बित्तिकै उनका छिमेकीले उनलाई मेसेज गरेर तालिबानका थुप्रै सदस्यहरू उनको घरमा आएको जानकारी दिए । उनका छिमेकीले ती पुरुषको हुलिया बताउने बित्तिकै उनले थाहा पाइन् कि उनलाई कसले खोज्न आएका थिए । तालिबानले देशमा कब्जा नगर्दा बेला नै मासूमाले एउटा मुद्दाको निर्णय गरेकी थिइन् जसमा तालिबानका एक सदस्यले निर्मम तरिकाले आफ्नी श्रीमतीको हत्या गरेका थिए दोषीलाई मासूमाले २० वर्षको जेल सजाय सुनाएकी थिइन् ।

उनी भन्छिन्, मलाई ती युवतीको अनुहार अहिले पनि याद छ । त्यो असाध्यै विभत्स अपराध थियो । मुद्दा समाप्त भएपछि अपराधीले मलाई फोन गरेर उनी जेलमुक्त भएपछि आफ्नी श्रीमतीमाथि जे गरेका थिए, ममाथि पनि त्यहि गर्ने धम्की दिएका थिए । त्यतिबेला मैले यसलाई गम्भीरताका साथ लिएकी थिइनँ तर तालिबान सत्तामा आएपछि उनले मलाई अनेकौंपल्ट फोन गरे र उनले अदालतको कार्यालयबाट म बारे सबै जानकारी हासेल गरेको बताए । उनले मलाई धम्की दिँदै भने, ‘म तँलाई जसरी पनि खोज्नेछु र आफ्नो प्रतिशोध लिनेछु ।बीबीसीले आफ्नो एक जाँचमा कम्तीमा २२० पूर्व महिला न्यायधिशहरुले अफगानिस्तानमा लुकिरहेका छन् भन्ने जानकारी प्राप्त गरेको छ विभिन्न प्रान्तमा लुकेका ६ पूर्व न्यायाधीशसँग कुरा गर्दा लगभग सबैले एउटै कुरा बताए । सबैलाई तालिबानका सदस्यले मार्ने धम्की दिइरहेका थिए र यिनीहरुलाई जेल सजाय दिएको थियो यीमध्ये चार पुरुषलाई श्रीमती हत्याको अभियोगमा सजाय दिइएको थियो सबै पूर्व न्यायधिशहरुले मार्ने धम्की पाएपछि कम्तीमा एकपल्ट आफ्नो नम्बर फेरेका छन् । उनीहरु भिन्न भिन्न स्थानमा लुकिरहेका छन् । केही दिनको अन्तरालमा नै ठाउँ फेरिरहेका छन् । उनीहरु पहिला बसेको घरमा तालिबानका सदस्य आइरहने कुरो उनीहरूले बताएका छन्।उनीहरुका छिमेकी र साथीहरुलाई विस्तृत जानकारी र ठेगानाबारे सोधिरहेका छन्यी आरोपको जवाफमा तालिबानका प्रवक्ता बिलाल करिमीले भने, महिला न्यायधिशहरुले अन्य महिला झैँ कुनै डर बिना बाँच्नुपर्छ कसैले पनि उनीहरुलाई धम्काउन हुँदैन ।

हाम्रो विशेष मिलिट्री युनिट्स यी सबै आरोपको जाँच गर्न चाहन्छ र यदि कुनै उल्लंघन भएको भए कारवाही हुनेछयसका साथै तालिबानले आफ्नो पुरानो बचन दोहोऱ्याएका छन् जसमा उनीहरुले आफगानिस्तानको पछिल्लो सरकारका सबै कर्मचारीलाई आम माफी दिएको बताएका थिए । उनले भने, ‘हाम्रो आम माफी एकदम साँचो छ तर यदि कोही देश छोडेर जान चाहन्छन् भने हामी उनीहरुलाई यस्तो नगर्न र आफ्नै देशमा बस्न निवेदन गर्न चाहन्छौं। तालिबानका सदस्यलाई मात्रै नभई अन्य अपराधीलाई पनि जेलमुक्त गरिएको छ।महिला न्यायाधीशको सुरक्षाको विषयमा करिमीले भनिन्, ‘लागुऔषधका तस्कर, माफियाका सदस्यको मामिलामा हाम्रो उद्देश्य स्पष्ट छ । हामी यसलाई जरैदेखि उन्मूलन गर्न चाहन्छौं । हामी गम्भीरताका साथ उनीहरुविरुद्ध कारवाही गर्नेछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *