रिया चक्रवतीलाई बिगबसको अफर

नायक शुसान्तसिंह राजपूतको आत्महत्या प्रकरण पछि सर्वाधिक चर्चा पाएकी रिया चक्रवति अझै पनि बलिउडमा हेडलाइन बनिरहेकी छिन् । उनी बिगबोस सिजन १५ मा सहभागी हुने भन्ने चर्चा चलेको नै महिनौँ दिन भइसक्यो तर, अझैसम्म निश्चित भने भइसकेको छैन। सञ्चारमाध्यमहरूका अनुसार रियालाई बिगबोसको निर्माता समूहले हालसम्मकै सर्वाधिक अधिक पारिश्रमिकसहित अफर गरेको छ। उनलाई एक साताको ३५ लाख दिनेगरि बिगबोसमा सहभागिताको प्रस्ताव अघि बढाइएको छ। लामो समयसम्म अनेकौँ टिप्पणीहरूसहित चर्चाको केन्द्रमा रहेकी रियालाई बिगबोसको घरमा भित्र्याउन सके त्यो रियालिटी सो को टीआरपी निकै माथि पुग्ने आँकलनका साथ यस्तो अफर गरिएको सञ्चार माध्यमहरूले जनाएका छन्।

यदि उनी बिगबोसमा सहभागी भइन भने उनका बारेमा बनेको नकारात्मक छवि सुधार्ने मौका पाउने छिन्। साथै बिगबोसले ठुलो मात्रामा दर्शन पाउनेछ । त्यसबाहेक कम्तिमा दुई साता बिगबोसको घरमा टिकिन भने ७० लाख समेत उनको खातामा सजिलै जम्मा हुनेवाला छ ।

बिगबोसले अहिलेसम्म गरेको कुनै एक व्यक्तिलाई गरेको यो नै सबैभन्दा ठुलो अफर हो । यसअघि सिजन ९ मा रिमिसेनले सो मा रहेबापत दुई करोड २५ लाख रुपियाँ कूल रकम बुझेको थियो । अघिल्लो वर्ष सिजन १४ का लागि दुई साता बिगबोसमा घरमा बसेमा सिद्धार्थ शुक्लाले ४० लाख पाएका थिए। सिजन १३ मा आफू प्रतियोगीकारुपमा रहँदा सिद्धार्थले प्रतिसाता १८ देखि २० लाख लिएका थिए । यसअघि सर्वाधिक पैसा भनेर रश्मि देसाईले लिएकी थिइन् । जसले प्रतिसाता २१ लाख प्राप्त गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *