हुथी नेताको हत्या मामिलामा ९ जनालाई मृत्युदण्ड

सौदी अरबले दाबी गरेको सन् २०१८ को हवाई आक्रमणमा मारिएका आफ्ना एक जना प्रमुख नेताको हत्यामा संलग्न भएको आरोपमा यमनी हुथी समूहले शनिबार नौ जनालाई मृत्युदण्ड दिएको बताएको छ हुथी समूहका तत्कालिन सर्वोच्च राजनैतिक परिषद्का प्रमुख सालेह अलसामदको तीन बर्ष पहिले भएको मृत्यु सानालाई नियन्त्रण गरेको इरान समर्थित विद्रोहीहरूका लागि ठूलो प्रहारको रूपमा लिइएको थियो विद्रोही समर्थक साबा न्यूज एजेन्सीले ती नौ जनालाई यमनको राजधानी सानाको एक चोकमा गोली हानेर मृत्युदण्ड दिएको जनाएको छ तिनीहरू हुथी समूहको एक अदालतले हुथी नेता सामदको हत्यामा संलग्न भएको अभियोगमा दोषी साबित भएका १६ जनामध्ये हुन् हुथी अदालतले सौदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य सात जनालाई पनि उनीहरूको अनुपस्थितिमा नै अदालतले मुद्दा चलाएको थियो ।

उनीहरूलाई पनि हुथी अदालतले मृत्युदण्डको सजाय सुनाएको साबा न्यूजले उल्लेख गरेको छ । साबा न्यूजले भनेको छ, आम अभियोक्ताले समादको हत्यामा संलग्न नौ जनालाई मृत्युदण्ड दिएको छ । उनीहरूलाई वरिष्ठ हुथी नेताहरू र सानाका बासिन्दाहरूको उपस्थितिमा तहरिर चोकमा गोली हानी हत्या गरिएको छ अप्रेल २०१८ मा यमेनको पश्चिमी प्रान्त होडैडामा भएको हवाई हमलामा समादसहित अन्य छ जनाको मृत्यु भएको थियो सौदी अरबले उक्त हवाई हमला गरेको पुष्टि गरेको थियो । रोयल एयर फोर्सका नायकहरूले हुथी सशस्त्र लडाकूका नेता तथा कमाण्डर सलेह अलसमादलाई लक्षित गरी गरिएको हवाई आक्रमण सही निशाना परेको छ अमेरिकाको लागि सौदी अरबका तत्कालिन राजदूत राजकुमार खालिद बिन सलमानले आक्रमणपछि गरेको ट्रीटमा भनिएको छ । सामदले सौदी अरबविरुद्ध क्षेप्यास्त्र हमलाको लहरको धम्की दिएपछि राजकुमार खालेदले आक्रमणको निरीक्षण आफ्ना दाजुसमेत रहेका सौदी राजकुमारले गरेको बताए ।

हुथी समूहले गरीब देश यमनमा पूर्ण नियन्त्रणका लागि सौदी समर्थित यमनी सरकार र रियादको नेतृत्वमा भएको सैन्य गठबन्धनसँग सन् २०१४ देखि लडिरहेका छ । हुथीहरूले यमनी राजधानी सानालाई कब्जा गरेपछि सौदी नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ देखि यमनी हुथीलाई लक्षित गरी आक्रमण थालेको थियो । त्यससमयदेखि हजारौं मानिसहरू मारिएका छन् र लाखौं मानिसहरू संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराब मानवीय संकट भनी वर्णन गरेको भोकमरीको सँघारमै पुगेका छन् सौदी नेतृत्वको गठबन्धनले दे हस्तक्षेप गरेपश्चात् मारिएका समा सबैभन्दा वरिष्ठ हुथी नेता थिए । आफ्नो नेताको मृत्युको प्रतिशोध वाचा गरेका हुथीहरूले नियमित रूपमा सौदी अरबमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने गरेका छन् । यस वर्षको अगस्त महिनामा तिनीहरूले ड्रोन प्रयोग गरेर सीमापारीको सौदी अरबको भूमिमाथि आक्रमण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *