सिलगढीमा स्वास्थ्य विभागको प्रतिनिधि दल शिशु विभागमा बेड संख्या बढ़ाइयो

ज्वरो, सर्दी र खोकीले आक्रान्त नानीहरूको संख्या बढिरहे पनि सिलगढ़ीमा परिस्थिति नियन्त्रणमा छ यो संक्रमणले व्यापक आकार लिए त्यसको सामना गर्नसक्ने पूर्वाधार उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा छ। त्यसैले अभिभावकहरू अनावश्यक आतंकित हुनुपर्ने कुनै कारण छैन । स्वास्थ्य विभागको उत्तर बंगालका ओएसडी डा. सुशान्त राय र कलकत्ताबाट आएका डाक्टरहरूको एउटा विशेषज्ञ दलले शुक्रवार कुरा जनाए । उत्तर बंगालमा ज्वरो, सर्दी र खोकीले आक्रान्त शिशुहरूको बढ्दो संख्याले उत्पन्न परिस्थितिको निरीक्षण गर्न कलकत्ताबाट स्वास्थ्य विभागका पाँच सदस्यीय प्रतिनिधि दल शुक्रवार सिलगढ़ी आइपुगे । उक्त दलका सदस्यहरूले उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा बैठक गरे।

बैठकपछि तिनीहरूले मेडिकल कलेज र सिलगढ़ी जिल्ला अस्पतालको निरीक्षण पनि गरे प्रतिनिधि दलले मेडिकल कलेज र सिलगढ़ी जिल्ला अस्पतालमा शिशु विभागमा बेडको संख्या बढ़ाउने निर्देश दिए। कलकत्ताबाट आएका पाँच सदस्यीय प्रतिनिधि दलमा एसएसकेएम अस्पतालका माइक्रोबायोलजी विभागका प्रमुख डा. राजा राय पनि सामेल छन् प्रतिनिधि दलले उत्तर बंगाल मेडिकल कलेज अनि अस्पतालमा स्वास्थ्य विभागको उत्तर बंगालका ओएसडी डा. सुशान्त राय, मेडिकल कलेज तथा अस्पतालका सुपर डा. सञ्जय मल्लिक, मेडिकल कलेजका अध्यक्ष इन्द्रजीत साहासँग बैठक गरे ।

बैठकपछि प्रतिनिधि दलले उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालको शिशु विभागको परिदर्शन गरे प्रतिनिधि टोलीका प्रमुख डा. राजा रायले भने, शिशुहरूमा देखिएको ज्वरो, सर्दी र खोकीको संक्रमणलाई लिएर आतंकित हुनु हुँदैन, यो एउटा साधारण भाइरस हो । समयमै नानीहरूको अस्पतालमा चिकित्सा गराए निको हुन्छ । कलकत्ताबाट आएका विशेषज्ञहरूको दलले मेडिकल कलेज र अस्पतालका पूर्वाधारहरूको निरीक्षण गरेपछि सन्तोष प्रकट गरे । तरै पनि सिलगढ़ी जिल्ला अस्पताल अनि मेडिकल कलेजमा शिशु विभागमा बेडको संख्या बढ़ाइँदैछ । शुक्रवार उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालको पेडियाट्रिक विभागमा ६२ जना नानीहरू भर्ना थिए जसमध्ये ९ जना ज्वरोले पीड़ित छन् । यसमध्ये पनि एकजना डेंगु एकजना जापानी एनसेफेलाइटिसले आक्रान्त छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *