आँगनवाड़ी कार्यकर्तालाई बीमा कभर प्रदान गरिने

मणिपुरको : मोरंगमा केन्द्रिय मन्त्री स्मृति ईरानीले भनिन्, भारत सरकार | हरेक आंगनवाडी कार्यकर्ताको लागि बीमा कभर प्रदान | गर्न प्रतिबद्ध छ। केन्द्रिय महिला र बाल विकास मन्त्रीले | स्वतन्त्रताको अमृत महोत्सव अन्तर्गत मनाइने पोषण | महिनाको एक कार्यक्रममा भाग लिँदै उक्त कुरा भनेका | हुन् । यस अवधि केन्द्रिय मन्त्रीले गर्भवती महिलाहरु, स्तनपान गराउने आमाहरु र किशोरीहरु सहित आंगनवाड़ी केन्द्रहरुका सहयोगीहरु र लाभार्थीहरुलाई औषधीय बिरुवाहरु र पोषण किटहरु वितरण गरे । त्यस पछि केन्द्रिय । मन्त्रीले मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहलाई इम्फालको बासापुरामा मुख्यमन्त्री सचिवालयमा भेटे।

१२ सेप्टेम्बर २०२१ मा बिष्णुपुर जिल्लाको जिला पंचायत संसाधन केन्द्रमा पोषण माह समारोहमा आयोजित एक कार्यक्रममा ईरानी मुख्य अतिथिको रूपमा उपस्थित थिइन् । कार्यक्रमको शुरूवात औषधीय बिरुवा र फलफूलको बिरुवा रोप्नबाट भयो । यस पछि एनीमिया शिविरको शुभारम्भ भयो । कार्यक्रममा भाषण दिएपछि केन्द्रिय मन्त्रीले पोषण साइकल यालीलाई झण्डा देखाए प्रस्थान गरिन् । यसको साथमा केन्द्रिय मन्त्रीले औषधि पदयात्राको झण्डा देखाए । पोषण अभियान नानीहरु, किशोरीहरु, गर्भवती महिलाहरु र स्तनपान गराउने आमाहरुको पोषण आवश्यकताहरुलाई सुधार गर्नको लागि भारत सरकारको प्रमुख कार्यक्रम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *