पिञ्जड़ामा फस्यो चितुवा

गत केही दिनदेखि बानरहाट खण्डको गेन्द्रापाडा चियाबारीको सेक्सन नम्बर १ म्यानेजर कोठीको छेवैमा चितुवा देखिएको थियो जसले गर्दा स्थानीय श्रमिकहरु आतङ्कित 7 बनेका थिए । चियाबारी प्रबन्धकपक्षद्वारा पिञ्जडा लगाइदिने अनुरोध बन बिभागलाई गरेका थिए । बन बिभागको तर्फबाट पिञ्जडा लगाइएको थियो । पिञ्जडामा चितुवा फसाउनको निम्ति एउटा बाख्रा पनि राखिएको थियो । अन्तत हिज राति लगभग ११:३० बजी चियाबारीका चौकिदारले पिञ्जडा राखिएको ठाउँमा चितुवाको गर्जन सुनेर चियाबारीका श्रमिक कल्याण अधिकारी विसुदासलाई खबर दिएका थिए ।

खबर पाउनसाथ प्रबन्धकहरू उक्त पिञ्जडा राखिएको सेक्सन नम्बर २०-२१ मा आएर हेर्दा पिञ्जडामा चितुवा फसेको देखेका थिए । हत्तपत्त बनबिभागलाई यसको जानकारी गराए पश्चात् रातिनै बिन्नागढी वन्यजन्तु संरक्षण विभागका रेञ्जर सुभाषिस रायको नेतृत्वमा बनकर्मीहरू अनि वन्यजन्तु संरक्षण बिभागको वार्डन सिमा चौधरी घटनास्थलमा पुगेका थिए ।

उक्त पिञ्जडामा थुना परेको चितुवालाई बनकर्मीहरूले उद्धार गरेर लगे पश्चात् स्थानीय मानिसहरूले केही राहत पाएका छन्। यता बन बिभागका रेज्जर सुभाषि रायले भने उद्दार गरिएको चितुवालाई प्रथमिक चिकित्सा पश्चात गोरुमारा जङ्गलमा छोडिने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *