१४ जना प्राथमिक शिक्षक-शिक्षिका शिक्षाश्री उपाधिले सम्मानित

नव गठित बाग्राकोट प्राथमिक शिक्षक सङ्गठनको आज यहाँको भीमसेन भवनमा सर्वपल्ली राधा कृष्णनको जन्म जयन्ती धुमधाम साथ पालन गन्यो । शिक्षक दिवसको अवसर पारेर यहाँको हालसम्मका १४ जना अवकाशप्राप्त शिक्षक शिक्षिकागणलाई शिक्षाश्री उपाधिले सम्मानित गयो । वेणु शर्मा अध्यक्ष रहेको कार्यक्रममा मुख्य अतिथिको रूपमा ऐलनबारी टिजी प्राथमिक पाठशालाका प्रधानाध्यापक रबिन थापा उपस्थित थिए भने अतिथिगणमा एसआई अफ स्कूल माल सर्कल अफिसको प्रतिनिधि दिलीप शर्मा, बाग्राकोट टिजी प्राथमिक पाठशालाका भारप्राप्त शिक्षक प्रशान्त दिलायी, समाजसेवीद्वय एसके खड्का, वलराम पुरी, बाग्राकोट जोनका शिक्षाबन्धु पवन प्रधान आदि उपस्थित थिए । कार्यक्रमको प्रथममा राधा कृष्णनको तस्वीरमा दीप प्रज्वलन गरेपछि सङ्गठनका प्रमुख सल्लाहकार ईश्वरी कान्त गुरुङले स्वागत भाषण प्रस्तुत गरिन् । लोक गीत, नृत्य कविता वाचन आदि कार्यक्रमवीच दोस्रो सत्रमा अवकाशप्राप्त १४ जना प्राथमिक शिक्षक शिक्षिकागणलाई स्मृति चिन्ह प्रदान गरी शिक्षाश्री उपाधिले सम्मानित गरियो ।

सम्मानित अवकाशप्राप्त शिक्षकगणमा सेवक बजार प्राथमिक पाठशालाका भूतपूर्ण प्रधानाध्यापक श्यामकुमार घिमिरे, बाग्राकोट प्राथमिक टिजी प्राथमिक पाठशालाका प्रधानाध्यापक रतनकुमार सुन्दास, सहशिक्षक भक्तबहादुर छेत्री, पदमसिंह लामा, इन्द्रप्रसाद छेत्री, मङ्गपङ्ग बन वस्ती प्राथमिक पाठशालाका प्रधान शिक्षकद्वय वद्रीनारायण शर्मा, बासुदेव शर्मा, चुनाभट्टी नेपाली प्राथमिक पाठशालाका प्रधान शिक्षक गङ्गाप्रसाद प्रधान, प्रभारी शिक्षक अरुणकुमार छेत्री, सहशिक्षिका तारामणी देवी कानु, प्रभारी शिक्षिका मालती सुनार, चुनाभट्टी फ्री नेपाली प्राथमिक पाठशालाका प्रधान शिक्षिका विन्दुकुमारी तामाङलाई ससम्मान साथ शिक्षाश्री उपाधिले सम्मानित गरियो भने बाग्राकोट टिजी प्राथमिक पाठशालाका भारप्राप्त शिक्षक जेवी छेत्री मातृशोकमा परेकोले उनलाई सम्मान गर्ने कार्यक्रम सङ्गठनले थाँतीमा रहेको छ भने अस्वस्थ्यको कारणले बाग्राकोट टिजी प्राथमिक पाठशालाका सहशिक्षक इन्द्रप्रसाद छेत्रीलाई सङ्गठनको पक्षबाट घरमा नै सम्मान जनाएको थियो । सम्मानित शिक्षकहरूको पक्षमा वासुदेव शर्मा, श्याम कुमार घिमिरे, बद्रीनारायण शर्मा, रतनकुमार सुन्दासले सर्वपल्ली राधा कृष्णनको जीवनी र आजको कार्यक्रमको सार्थकतावारे आफ्नो विचार राखे भने ।

रबिन थापाले पनि आफ्नो विचारमा कार्यक्रमको महत्ववारे प्रकाश पारे । गोकुल सिंह थापाको लोक गीत, बिनु राई, विनोद प्रधान, सिताराम धितालले कविताबीच शिक्षाश्री उपाधिले सम्मानित पूर्व शिक्षक शिक्षिकाहरूको बाहुलीबाट सङ्गठनका ३३ जना सदस्यहरूलाई पनि मञ्चमा खदा एवम् टिका लगाएर सम्मानित गरियो भने सम्पूर्ण कार्यक्रमको सञ्चालन भुपेश शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *