असहाय रोगीलाई नगद सहयोगसँगै गरीबहरूलाई तारपोलिन वितरण

राजनैतिक कार्यसितै परोपकारी सामाजिक कार्य तथा जनसेवामा कुनै प्रकारको कमी नराख्ने ध्येय राखेर तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामाले असहाय औ आवश्यकमन्द परिवारहरूलाई मदत गर्ने क्रममा आज भाटपाड़ा ए अच्छापाड़ा चियाबारीको एकजना गौतम तुरी नामक असहाय आदिवासी रोगी युवकलाई उपचारको निम्ति आज तृणमूल कालचिनी ब्लक कार्यालयमा बोलाएर नगद १५ हजार रुपियाँ मदत रकम प्रदान गरेको थियो|

उक्त अवसरमा कालचिनी ग्राम पञ्चायत प्रधान निशा लामा लगायत सीबीटीसीएमयू कालचिनी ब्लक कन्भेनर ओमदास लोहार, तृणमूल राजाभातखावा अञ्चल सभापति मनोज अग्रवाल, रामकुमार लामा एवम् अन्यान्य नेतृत्वको उपस्थिति रहेको थियो यसै क्रममा पासाङ लामाकोपहलमा आज आवश्यकमन्द परिवारहरूलाई चुहुने घरको निम्ति बर्षाबाट सुरक्षित रहन तारपोलिन वितरण पनि गरिएको थियो । उक्त सम्बन्धमा तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामाले केही नबताए तापनि सो बारेमा कालचिनी ग्राम पञ्चायत प्रधान निशा लामाले ब्लक सभापति पासाङ लामाले चुनाउ अघिदेखि जनसेवा कार्य गर्दै आइरहेको र चुनाउ बितेर गएपनि आजसम्म तिनले निरन्तर जनसेवाको कार्य गर्दै आइरहेको र आज पनि अच्छापाड़ाको असहाय पेटको रोगीलाई १५ हजार रुपियाँ उपचारको निम्ति प्रदान गरेको बताएकी छन् । यता गौतम तुरीलाई ब्लक सभापति पासाङ लामाले आफ्नो व्यक्तिगत पक्षबाट उपचारको निम्ति आर्थिक सहयोग गरेकोमा रोगी परिवारले धन्यवाद ज्ञापन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *