केरलले बढाइरहेछ केन्द्रको चिन्ता

भारतमा यस साता मंगलवारलाई छोड़ेर रहल सबै दिन कोरोनाका नयाँ मामिला ४० हजारभन्दा माथि नै दर्ता गरियो एकचोटि फेरि शुक्रवार देखिएका नयाँ मामिलाहरूको संख्या ४५ हजारभन्दा धेर दर्ता गरियो । मामिलाहरूमा वृद्धिको सबैभन्दा एउटा ठूलो कारण केरलमा बिग्रँदो स्थिति पनि हो केरलको कारण देशमा दैनिक ४० हजारभन्दा धेर मामिला अघि आइरहेछन् ।

यद्यपि मंगलवार देशमा ३० हजार मामि ला दर्ता भएको थियो यसपछि बुधवार अनि फेरि बिहीवार र शुक्रवार तीनै दिन कोरोनाका मामिलामा वृद्धि आइरहेको छ स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अनुसार शुक्रवार देशभरि कोरोनाका ४५,३५२ नयाँ मामिला दर्ता गरिएको छ । यसमध्ये केरलबाट नै ३२ हजारभन्दा अधिक मामिला आएको छ केरलमा लगातार कोरोनाको बिग्रिँदो स्थितिले केन्द्रको चिन्ता बढ्दै गइरहेछ । यसले देशमा सक्रिय मामिलाहरूमा वृद्धि भइरहेछ । स्वास्थ्य मन्त्रालय अनुसार देशमा गत २४ घण्टामा कोरोना भाइरसबाट जाती हुनेहरूको संख्या ३५,१८१ रह्यो । भारतमा ४० हजारभन्दा माथि रहिरहेको कोरोनाका मामिलाहरूमा केरलको बिग्रँदो स्थितिको ठूलो हात छ।

केरलमा मामिला कम नै भइरहेको छैन । यहाँ दैनिक मामिलाले ३० हजारको आँकड़ा छोइरहेछ। बिहीवार केरलमा ३२,०९७ नयाँ कोभिड मामिला दर्ता गरिएको थियो अनि यसलाई जोड्दै भारतले शुक्रवार मोठ ४५ हजारभन्दा धेर मामिलाको सूचना दियो । अर्थात लगभग केरलबाट नै अधिकतर मामिला दर्ता गरिएको छ । त्यहीं, बिहीवार आएको रिपोर्टमा केरलमा २१,६३४ मानिसहरू जाती भएका छन् । देशमा गत घण्टाहरूमा भएका मृत्युहरूमा भने कमी आएको छ । बिहीवार आएको आँकड़ाहरू अनुसार जम्मा ५०९ मानिसहरूको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *