सालेहको सरकारलाई मान्यता दिने सांसदको आग्रह

अफगानिस्तानका कार्यवाहक राष्ट्रपति अमरुल्लाह सालेह नेतृत्वको सरकारलाई वैधानिक सरकारको मान्यता दिन अमेरिकी सांसदहरूले आग्रह गरेका छन् । अमेरिकी सिनेटमा रिपब्लिकनका लिन्डसे ग्राहम र माइक वाल्ट्जले राष्ट्रपति जो बाइडेनसँग भेट गर्दै सालेह र अहमद मसूदको पहिचान गर्नको लागि आह्वान गरेका छन् दुवै जना हाल पञ्जशीरमा तालिबानी प्रतिरोध अभियानको नेतृत्व गरिरहेका छन्। सालेको टिमलाई नै अफगानिस्तान सरकारको वैधानिकता प्रदान गर्न राष्ट्रपति बाइडेनसँग आग्रह गरेका छन् ।

फ्लोरिडाका वाल्ट्जले एक बयानमा भने, बाइडेन प्रशासनले अफगानिस्तानको संविधान अझै बलियो बनाउन र तालिबानको सत्ता कब्जा अवैध छ भन्ने कुरालाई मान्यता दिनुपर्ने बताएका छन् उनीहरूले पूर्वोत्तर अफगानिस्तानको पञ्जशीर, जुन तालिबानले कब्जा गरेको छैन, उक्त क्षेत्रलाई मानवीय क्षेत्र घोषित गरिनुपर्नेसमेत बताएका छन् । सालेह र मसूदले अफगान जनताको स्वतन्त्रताको लागि लड्न र उग्र बाधको विरोध गर्ने विषय छनोट गरेका छन् । उनीहरूले राष्ट्रपतिलाई अफगान तालिबानलाई विदेशी आतङ्कवादी सङ्गठनको रूपमा नामकरण गर्न आग्रह गरे र उनीहरूलाई पञ्जशीर उपत्यकामा आतङ्कवाद विरुद्ध लडिरहेकाहरूलाई समर्थन गर्न आग्रह गरेका छन् ।

अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेह र अहमद मसूदका प्रतिनिधिहरूसँग कुराकानी गरेपछि हामी बाइडेन प्रशासनलाई यी नेताहरूलाई अफगानिस्तानको वैध सरकारी प्रतिनिधिको रूपमा मान्यता दिन आग्रह गर्दैछौं । अफगान संविधान अझै कायम छ र अफगान तालिबानको अधिग्रहण अवैध छ, सांसदले जारी गरेको विज्ञप्तिमा भनिएको छ । हामी राष्ट्रपति बाइडेनलाई अफगान तालिबानलाई एक विदेशी आतङ्कवादी सङ्गठनको रूपमा नामकरण गर्न आह्वान गर्दछौं र हामी उनीहरूलाई पञ्जशीर उपत्यकामा हाम्रा साथीहरूसँग खड़ा हुने काँग्रेसको प्रयासलाई सार्वजनिक रूपमा समर्थन गर्न आग्रह गर्दछौं भनी उनीहरूले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *