चिनियाँ सेनाले पाँच भारतीय नागरिकहरूलाई कब्जामा लिएको

दिल्ली र बेइजिङबीच तनाव बढिरहेका बेला गत साता चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट पाँचजना नागरिकहरूलाई कब्जामा लिएको विवरण आएको छ।दुई दिनअघि अरुणाञ्चल प्रदेशका एकजना सांसदले ट्वीट गर्दै पहिलो पटक त्यस्तो आरोप लगाएका थिए।

त्यसपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनालाई “हटलाइन सन्देश” पठाइएको बताएका छन्।

चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले घटनाबारे जानकार नरहेको प्रतिक्रिया दिएका छन्। तर यो घटनाले दुई देशबीच तनाव थप बढ्नसक्ने ठानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *