गाँजासहित कतार उड्न लागेका एकजना युवालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । कतार एयरवेजबाट उडानबाट कतारको दोहा उड्न लागेका चितवन खैरेनीका २७ वर्षीय राज पाडकलाई ८ सय ग्राम गाँजासहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरोका एसपी जीवन श्रेष्ठका उनले ग्याष्ट्रिक हरण चुर्णको बट्टामा गाँजा लुकाई कतार उड्न लागेका थिए । एसपी श्रेष्ठका अनुसार पाडक वैदेशिक रोजगारी लागि कतार जान लागेका थिए ।
विमानस्थलको प्रस्थान कक्षस्थित एक्सरेमा जाँच गर्ने क्रममा उक्त परिमाणका बट्टामा गाँजा लुकाइएकाे अवस्थामा भेटिएको एसपी श्रेष्ठले जनकारी दिनुभयाे । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थल प्रहरीलाई बुझाइएको छ ।