एज्जेलिना जोलीले व्यक्त गरिन् पीड़ा

हलिउड नायिका एन्जेलिना जोलीले इन्स्टाग्राममा डेब्यू गरेकी छिन् । नायिकाले इन्स्टामा डेब्यू गरेर अफगानिस्तानकी एक किशोरीको पत्रलाई आफ्नो पहिलो पोस्टको रुपमा सेयर गरेकी छिन् उनले अफगानिस्तानी किशोरीले पठाएको पत्रलाई सेयर गरेर एक दहो सन्देश दिएकी छिन्। उनको यो पोस्टलाई २४ घण्टामा लाखौंले हेरे र लाइक गरेका छन् । अफगानिस्तानकी युवतीको पत्र साझा गरेर एन्जेलिना जोलीले लेखिन्, यो त्यो पत्र हो जुन मलाई अफगानिस्तानकी किशोरीले पठाएकी थिइन् ।

हालको समयमा अफगानिस्तानका मानिसहरु सोसल मिडियामा मानिसहरुसँग सम्पर्क गर्न र खुलेर बोल्न सक्दैनन् । त्यसैले म इन्स्टाग्राममा आएँ ताकि उनीहरुको कथा देखाउन सकूँ र संसारभरीका ती मानिसहरुको आवाज बन्न सकूँजो यतिबेला मानवताका लागिलडिरहेका छन्। एन्जेलिनाले आफ्नोपोस्टमा अफगानिस्तानको स्थितिमाथि आफ्नो दुःख व्यक्त गर्दै यो लडाईंमा साथ दिन अपील गरेकी छिन् । उनी भनिन् ‘९/११ को घटनाको ठिक दुई हप्ता अघि म अफगानिस्तानको सीमामा थिएँ जहाँ मैले अफगानी शरणार्थीलाई भेटें जो तालिबान छोडेर भागेका थिए । यो २० वर्ष अघिको कुरा हो । डर र अनिश्चितताका कारण आफ्नो घरबाट अफगानी दौडिरहेको देखेर मेरो मुटु काँप्यो ।

यति समय र पैसा बर्बाद भएको देक्नु, रक्तपात भएको देख्नु, धेरैको ज्यान गएको देख्नु, एक असफलता हो जुन बुझ्न असम्भव छ। दशकौंदेखि अफगानीलाई शरणार्थीको रुपमा हेर्नु, जो संसारका सबैभन्दा क्षमतावान् मानिसहरुमध्ये एक हुन्, उनीहरुलाई बोझ ठान्नु, यसले पनि दुःख दिन्छ । यो उद्देश्यका लागि जो मानिसहरु कमिटेड छन्, म उनीहरुलाई पिठ्यूँ देखाउँदिन । म उनीहरुको मदूतका लागि बाटो खोज्नेछु र मलाई आशा छ तपाईंहरुले पनि मलाई यसमा साथ दिनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *