समतलकै साग-सब्जीमा निर्भर कालेबुङ

कुनै समय थियो, कालेबुङका कृषकहरू खेती-पाती गरेर | नै जीवन धान्ने गर्थे तर हाल कालेबुङको खेती- | पातीमा ह्रास देखा पर्न शुरू भएको छ । दार्जीलिङ पहाड़ को कालेबुङ जिल्लाका अधिकांश क्षेत्र कृषि प्रधान छन् । यी क्षेत्रहरूमा कृषकहरूले धान खेतीदेखि साग-सब्जी, प्याज, कोदो-फापर, फूल, अलैँची, अदुवा, सिँबी, डल्ले खोर्सानी, आलु, गोलभेड़ा आदि उत्पादन गर्नेगर्छन् । पहिला पहिला उक्त उत्पादनबाट कृषकहरूले जीवन पनि धानेकै हुन् तर केही वर्षदेखि यता सकारी सहूलियतको अभाव, सिँचाई, खेताला, मलजल आदिको अभावले कृषकहरूले कृषिकै माध्यबाट जीवन धान्न सकिरहेका छैनन् ।

यसबाहेक कालेबुङ जिल्लाका अधिकांश क्षेत्रहरू कृषि प्रधान रहे पनि कालेबुङ जिल्ला समतलकै साग-सब्जीमा निर्भर हुन बाध्य छन् । यसो हुनुको पछि ठूलो हात सरकारी उदासीनता ठान्छन् कृषकहरू। यसबाहेक रसायन मलले खेतीपातीमा पर्ने नकारात्मक प्रभावबारे कतिपय कृषकहरूलाई जानकारी नरहेकोले रसायन मलको प्रयोगले जमीनको उब्जाउ गर्ने शक्ति हराउँदै गइरहेको पनि अर्को कारण कृषकहरू बताउँछन् । अर्कोतिर उत्पादन भएकै साग-सब्जीहरूले दर भाव नपाएकाले पनि कृषकहरू खेती-पातीप्रति धेरै उत्साही देखि दैनन् । कृषकहरूले हाल खेतीपाती गर्ने विषय लिएर धेरै समस्या भोगिरहेका छन् । यद्यपि, देशमा सरकारले कृषिलाई विशेष प्राथमिकता दिए पनि सकारी योजनाहरू खेतीपाती हुने प्रत्येक गाउँहरूमा प्रायः पुग्न सकिरहेको छैन । यति मात्र होइन कृषकहरूले भने जस्तो कृषिसम्बन्धी कार्यशाला, सचेतना शिविरहरू पाउने सौभाग्यसमेत भने जस्तो पाइरहेका छैनन्खेतीपाती गरेर केही हदसम्म जीवन धान्ने कृषक मनोज शर्माले भने, कालेबुङका कृषि क्षेत्रका वर्षेनी पानी पलाउने मुहानहरू प्रायः सुकेर ६ महीने भएका छन् भने ६ महीने मुहानहरू प्रायः नै सुकिसकेका छन्। यसको प्रभाव सोझै खेती-पातीमा परिरहेको छ । यस वर्ष पानीको अभावले कतिपय कृषकहरूले धान खेती पनि गरेनन् वर्षा लागेपछि मात्र साग-सब्जी लगाउन सकिन्छ । कृषकहरूले सरकारी सहूलियतहरू पनि प्रायः पाइरहेका हुँदैनन् भने धेरै सरकारी सहूलियत शहरसम्म आउँछ तर गाउँ पस्दैन ।

यसैले हाल प्रायः कृषकहरूले उब्जनी गर्ने जमीनहरू बाँझो नै राखेको देखियो । कालेबुङ जिल्लामा कृषिको यस्तै अवस्थाको कारण समतलकै साग-सब्जीलगायत कृषिजन्य वस्तुमा निर्भर हुन कालेबुङ जिल्ला बाध्य छ। सरकारले विभिन्न गाउँहरूमा खेती-पातीका निम्ति सिँचाई व्यवस्था साथै खेती-पातीका विभिन्न सहूलियतहरू प्रदान गरे कालेबुङ जिल्ला स्वनिर्भर बन्न साथै बेरोजगार समस्या पनि समाधान भएर जाने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *