अफगान संकटबारे सर्वदलीय बैठक तृणमूल कंग्रेस पनि उपस्थित हुने

अफगान संकटलाई लिएर केन्द्र सरकारले डाकेको सर्वदलीय बैठकमा तृणमूल कंग्रेस पनि उपस्थित हुनेछ । मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार नवान्नमा पत्रकारहरूलाई भनिन्, अफगानिस्तानमा फँसेकाहरूलाई स्वदेश फर्काउनको निम्ति केन्द्र र राज्य सरकारले एकसाथ मिलेर कार्य गरिरहेका छन् । २६ अगस्त केन्द्रले डाकेको सर्वदलीय बैठकमा तृणमूल कंग्रेस पनि उपस्थित हुनेछ । केन्द्र सरकारले अफगानिस्तान संकटलाई लिएर चर्चाको निम्ति आउँदो बिहीवार सर्वदलीय बैठक डाकेको छ । विदेश मन्त्री एस. जयशंकरले सोमवार ट्रीट गरेर यस्तो कुरा जनाए । तिनले ट्वीटमा लेखे प्रधानमन्त्रीले विदेश मन्त्रालयलाई संसदका सबै दलका नेतालाई अफगान परिस्थितिबारे अवगत गराउने निर्देश दिएका छन् ।

संसदीय मन्त्री प्रह्लाद जोशीले ट्वीट गरेर भने, २६ अगस्त बिहान ११ बजी सर्वदलीय बैठक हुनेछ । त्यसै बैठकमा विदेश मन्त्रालयले अफगानिस्तानको सामग्रिक परिस्थितिबारे राजनैतिक व्यक्तित्वहरूलाई अवगत गराउनेछ । अफगानिस्तानमा फँसेका भारतीयहरूलाई स्वदेश फर्काउन भारतले विमान पठाइरहेको छ । काबुल विमानस्थलबाट प्रत्येक दिन कम्तीमा दुइवटा विमानमा भारतीयहरूलाई एयरलिफ्ट गरिँदैछ । भारत सरकारले अफगानिस्तानमा बसोबासो गर्ने हिन्दू र सिख समुदायका मानिसहरूको सहयोग गर्ने अगावै घोषणा गरिसकेको छ । यसको साथै अफगानिस्तानमा बसोबासो गर्ने भारतका मित्रहरूको पनि सहयोग गर्ने कुरा सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *