अफगानी भएकोमा ट्रोल हुन्थिन् वरिना

सन् २०१८ मा फिल्म लवयात्रिबाट बलिउडमा प्रवेश गरेकी नायिका वरिना हुसैनको फिल्मी करियर खासै राम्रो चल्न सकेन । आफ्ना ज्वाईं आयुष शर्मासँग सलमान खानले वरिनालाई लञ्च गरेका थिए तर वरिनाका लागि बलिउड फिल्ममा काम गर्नु असाध्यै साह्रो भएको थियो ।

वरिनालाई उनी अफगानी हुनुको मूल्य सधैं चुकाउनु पर्दथ्यो वरिना अफगानी भएका कारण निर्माता उनलाई फिल्ममा काम दिन हिच्किचाउँथे। वरिनालाई ट्रोल गरिन्थ्यो । मानिसहरुले उनलाई सधैं उनी आतंककारीको देशबाट आएको भनेर जिस्काउने गर्दथे । २३ फरवरी सन् १९९९ मा अफगानिस्तानको काबुलमा जन्मिएकी वरिना हुसैन एक नायिका र मोडल हुन् वरिनाका पिता इराकका हुन् र आमा अफगानिस्तानी वरिना अफगानी भएका कारण बलिउडमा ठूलो ब्रेक पाउन पनि साह्रो परेको थियो । वरिनाले आफ्नो फिल्म लवयात्रिको रिलिज अघिको अन्तरवार्तामा आफ्नो संघर्षबारे बताएकी थिइन् ।

वरिनाका अनुसार, भारत आएपछि जब उनले फिल्ममा ट्राइ गर्न शुरु गरिन् तब उनलाई मानिसहरुले ट्रोल गर्न शुरु गरे वरिना भन्छिन्, अफगानिस्तानमा मेरो नाता भएका कारण मलाई ट्रोल गरिन्थ्यो । किनभने म मूल रुपमा अफगानी हुँ र काबुललाई म आफ्नो घर मान्छु त्यसैले म करियरको शुरुवाती दिनमा मानिसहरुको निशानामा रहें। वरिना थप्छिन्, मानिसहरुले म आतंककारीको र बिस्फोटको देशबाट आएको हुँ भन्थे । यसैकारण म असाध्यै तनाउमा हुन्थेँ । म अफगानिस्तानमा केही समयका लागि बसेकी थिएँ मलाई त्यतिबेला मेरी आमा र हजुरआमाले पुरानो समयको अफगानिस्तानको कथा सुनाउँथे वरिनाका अनुसार, अफगानिस्तानमा हिन्दी फिल्मलाई असाध्यै रुचाइन्छ ।

वरिना हुसैनलाई सलमान खान अति नै मनपर्छ । वरिना अफगानिस्तानका केही म्युजिक भिडियोमा पनि देखिएकी छिन् । वरिनाले न्यूयोर्क फिल्म एकेडेमीबाट पढाई गरेकी छिन् । म्युजिक भिडियोमार्फत् वरिनाले आफ्नो अभिनय यात्रा शुरु गरिन् । उनी मोडलिङ इण्डष्ट्रिको पनि हिस्सा रहिन् । उनी थुप्रै विज्ञापनमा पनि देखिएकी छिन्। पहिलो फिल्म लवयात्रि फ्लप भएपछि उनी दबंग थ्रीको डान्स नम्बर मुन्ना बदनाम हुआमा देखिइन् । वरिनाको आउँदा फिल्म द इनकम्प्लीट म्यान हो । खबर यो पनि छ कि वरिना साउथ फिल्ममा पनि देखिनेछिन् उनी कल्याण राम सँग काम गर्नेछिन्|

Leave a Reply

Your email address will not be published. Required fields are marked *