‘केजीएफ च्याप्टर–२’ को अर्को रेकर्ड

ट्रेलर रिलिज भएपछि नै धेरै रेकर्ड तोडेको दक्षिण भारतीय चलचित्र ‘केजिएफ च्याप्टर–२’ ले अर्को नयाँ रेकर्ड बनाएको छ। चलचित्रले स्याटेलाइट राइट्स बिक्रीको तमिल र मलयालम् चलचित्र उद्योगको रेकर्ड तोडेको हो।

चलचित्रको साउथ भर्जनको स्याटेलाइट अधिकार सय करोड भारतीय रुपैयाँमा जी नेटवर्कले खरिद गरेको समाचारमा जनाइएको छ। योसँगै ‘केजिएफ च्याप्टर–२’ दक्षिण भारतीय चलचित्र उद्योगमा सर्वाधिक ठूलो रकममा स्याटेलाइट अधिकार बिक्ने चलचित्र बनेको छ।

चलचित्रमा यश, सञ्जय दत्त, रविना टन्डन, श्रीनिधि सेट्टी, प्रकाश राजलगायतको अभिनय रहेको छ। प्रशान्त नीलले निर्देशन गरेको यो चलचित्रलाई अक्टोबर वा नोभेम्बरमा थिएटरमा रिलिज गर्ने तयारी गरिएको छ।

सुरुमा सेप्टेम्बरमा रिलिज हुने भनिए पनि कोभिड–१९ महामारीका कारण चलचित्रको रिलिज मिति सरेको हो। चलचित्रलाई ओटिटी प्लेटफर्ममा भने अर्को वर्ष अमेजनबाट रिलिज गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *