१५० भारतीयसहित विदेशी नागरिक तालिबानको नियन्त्रणमा

अफगानिस्तानमा तालिबानहरुले १५० भारतीय नागरिकसहित विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।

तालिबान लडाकुले काबुल विमानस्थलको गेटमा नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नियन्त्रणमा लिइएकामा भारतीय नागरिकसहित अफगानी शिख समुदायका व्यक्तिहरु समेत रहेको जनाइएको छ । भारतको विदेश मन्त्रालयबाट यसबारे औपचारिक प्रतिक्रिया आइसकेको छैन ।

नियन्त्रणमा लिइएकाहरु आज बिहानै काबुल विमानस्थलमा छिर्ने प्रयास गरेपनि तालिवान लडाकुहरुले बाहिरै रोकेका थिए । सो क्रममा केही तालिबान लडाकुले भारतीय नागरिकलाई कुटेको पनि जनाइएको छ ।

अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गरेपछि अहिले अफगानिस्तान बाहिरका अधिकांश नागरिकहरु पनि समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *