नेपाल-चीन रेलमार्गको प्राविधिक अध्ययन अगाडि बढ्न सकेन

कोरोनाभाइरस महामारीका कारण काम प्रभावित भएर केरूङ र काठमाण्डू जोड्ने रेलमार्गको थप अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काममा विलम्ब हुनसक्ने नेपाली अधिकारीले बताएका छन्।

नेपालको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले नोभेम्बरदेखि दुई देशबीच कुराकानी नभएको बताउँदै कोरोनाभाइरसको महामारी सुरु भएपछि ठोस काम अघि नबढेको बताए।

अघिल्लो साता अर्थ मन्त्रालयसँग बैठकमा चिनियाँ अधिकारीले कोभिड १९ को प्रभाव कम हुने बित्तिकै चरणवद्ध रूपमा रेलमार्ग र अन्य महत्त्वपूर्ण परियोजनाका काम अघि बढाउने बताएका छन्।

चीनले भने सिगात्सेबाट केरूङसम्म जोड्ने रेलमार्गबारे सर्वेक्षण अघि बढाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *