बन्दापानी चियाकमाको कालीमन्दिर मैदानमा विश्व आदिवासी दिवसको अवसरमा तीन दिवसिया फुटबल टुर्नामेन्टको आयोजना गरियो । स्थानीय बीर बीरसा मुण्डा स्पोर्टिङ क्लबको आयोजनामा उक्त खेल सम्पन्न भएकोबारे शिक्षक तिलक थापाले बताए । क्लबका अध्यक्ष अरुण सिंह, सचिव बासुन कुजुर अनि संयोजक साजन मुण्डा हुन् । उक्त दिनको खेलमा पुरुष साथै महिला टोलीहरूको छुट्टै खेल थियो । पुरुषहरूको १६ टोली अनि महिलाहरूको ४ टोलीहरूको खेल तीन दिनदेखि नै शुरु भएको हो । सोमबार भने दुबै महिला अनि पुरुष टोलीहरूको अन्तिम दिनको खेलमा सेमीफाइनल तथा फाइनल खेल खलियो । यो एउटा स्मृति कप पनि थियो जसमा पुरुष टोलीको बिजेता अनि उपबिजेताको दुबै ट्रफी समाजसेवी अजय खडियाले आफ्नो स्वर्गीय माता पिता रोप्ना खडिया र चयती खडियाको नाममा प्रदान गरेका छन् ।
महिला टोलीको निम्ति विजेताको ट्रफी हेमन्त लकडाले उनको स्वर्गीय माता चामारी लाकडाको नाममा प्रदान गरेको छ भने उपबिजेताको ट्रफी विशाल गोपले प्रदान गरेका थिए । महिला टोलीको खेलमा मदारीहाट पीएस टोलीले नेभर गीप अप मदारीहाट टोलीलाई १० ले पराजित गरेका थिए भने पुरुष टोलीको खेलमा हुसेनाबाद एफसीले सेन्ट युवा प्रगति संघ डिमडीमालाई ३० ले पराजित गरेका थिए । उक्त दिनको खेलमा सर्वश्रेष्ठ खेलाडीको रूपमा अरुण तिर्कीलाई चयन गरियो भने उक्त फुटबल टुर्नामेन्टको सर्वश्रेष्ठ खेलाडीको रुपमा अब्दुल रहमान डोस्केलाई चयन गरियो ।
यसरी उत्कृष्ट डिफेन्स नील रोई, सर्वाधिक गोल गर्ने खेलाडी बिपुल नायक, उत्कृष्ट गोल किपर दिवाकर मिन्जलाई चयन गरियो ।उक्त फुटबल टुर्नामेन्टमा बिशेष अतिथिको बन्दापानी बीट अफिसर सेवराज तामाङ, बन्दापानी ग्राम पञ्चायत प्रधान मणिप्रकाश खालको, निर्माण सहायक जोसेफ इन्दुवार, पञ्चायत सदस्य अजय खडिया, पञ्चायत सदस्य बीरचेक उराउँ जयबीरपाडा, किरण लामा जयबीरपाडा, मेडिकल स्टाफ धरम बाक्ला, अञ्चल कमिटीका सभापति अभिना थापा, तिलक थापा, कुनाल थापा, अमरदीप तामाङ आदि उपस्थित थिए ।