इतिहास रचे नीरज चोपड़ाले

नीरज चोपड़ाले टोक्यो ओलम्पिकमा शनिवार भाला फ्याँक्ने (ज्याभलिन थ्रो) स्पर्धामा स्वर्ण पदक जितेर भारतीय खेलकुदमा नयाँ इतिहास रचे । नीरजले आफ्नो दोस्रो प्रयासमा ८७.५८ मीटर भाला फ्याँके, उनलाई स्वर्ण पदक दिलाउनको निम्ति पर्याप्त थियो । ओलम्पिक एथलेटिक्सको ट्र्याक एण्ड फील्डमा भारतको यो पहिलो पदक हो। नीरजले आज असाधारण प्रदर्शनको साथ एथलेटिक्समा ओलम्पिक पदक जित्ने गत १०० सालभन्दा अधिकको प्रतीक्षालाई समाप्त गरे । यसको साथै उनी ओलम्पिकको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने शूटर अभिनव बिन्द्रापछि भारतका दोस्रो एथलीट बने । यो भारतको टोक्यो ओलम्पिकमा सातौं पदक हो । यसको साथै भारतले आफ्नो लण्डन ओलम्पिक (२०१२) को सर्वश्रेष्ठ ६ वटा पदकको प्रदर्शनलाई पछि छोड्यो।

नीरजले आफ्नो पहिलो प्रयासमा ८७.०३ मीटर र दोस्रो प्रयासमा ८७.५८ मीटर भाला फ्याँके । यसको साथै उनको पदक लगभग पक्का भएको थियो कारण दुवै राउण्डमा उनको छेउछाउमा केही थिएनन् । उनले तेस्रो प्रयासमा ७६.७९ मीटर थ्रो गरे ।

त्यसपछि चौथो र पाँचौं प्रयास फाउल रहेपछि नीरजले छैटौं प्रयाससमा ८४.२४ मीटर थ्रो गरे तर उनको दोस्रो प्रयास नै स्वर्ण पदकको निम्ति पर्याप्त थियो । नीरजले स्वर्ण पदक पक्का गरेपछि राष्ट्रिीय ध्वज लिएर स्टेडियम वरिपरि घुम्दै जीतको खुशीयाली मनाए। चेक गणराज्यका जाकुब वादलेचले ८६.६७ मीटर भाला फ्याँकेर रजत र उनकै देशका वितेजस्लाव|

Leave a Reply

Your email address will not be published. Required fields are marked *