कोरोनाभाइरस महामारीकाबीच भारतीय अर्थतन्त्रमा गम्भीर प्रभाव

कोरोनाभाइरस महामारीकाबीच भारतीय अर्थतन्त्रमा गम्भीर प्रभाव देखिएसँगै नेपालमा त्यसबाट पर्ने असरबारे चासो र चिन्ता व्यक्त हुन थालेको छ।चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (एप्रिल देखि जुन महिना)मा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २३.९ प्रतिशतले घटेको छ । पछिल्लो ४० वर्षमा भारत पहिलो पटक आर्थिक मन्दीको चपेटामा पर्ने देखिएको छ ।तर अर्थतन्त्रका ज्ञाताहरूले भने केही क्षेत्रमा प्रभाव पर्ने भए पनि नेपालको अर्थतन्त्र निर्यातमुखी नरहेका कारण धेरै ठूलो समस्या नपर्ने बताएका छन् ।

भारतीय बजारमा वस्तु तथा सेवाको मागमा गिरावट आएको अवस्थामा बजार मूल्य स्थिर रहने वा नबढ्ने सम्भावना उच्च रहेकाले पनि नेपाल धेरै चिन्तित हुनुपर्ने अवस्था नरहेको उनीहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *