बक्सिङ्गमा काँस्य जितिन लवलीनाले

आफ्नो सर्वश्रेष्ठ प्रवास गरे पनि लवलीना बोरगोहेनले अन्तमा काँस्य पदक जितिन् । भारतकी स्टार बक्सर लवलीनाले टोक्यो ओलम्पिकको महिला बेल्टरवेट वर्ग (६९ किग्रा) को सेमिफाइनलमा तुर्कीकी वर्तमान विश्व च्याम्पियन बुसेनाज मुरमेनेली विरुद्ध पराजयको साथ कांस्य पदकमै चित्त बुझाउनु पन्यो ओलम्पिकमा पदार्पण गरिरहेकी विश्व च्याम्पियनशीपमा दुईपल्टकी काँस्य पदक विजेता लवलीना विरुद्ध बुसानेजले शुरुदेखि नै धलिमलि कायम राखिन् अनि अन्तमा ५-० ले जीत हासिल गरिन् । टोक्यो ओलम्पिक खेलहरूमा यो भारतको तेस्रो पदक हो यसअघि भारोत्तोलन (बेट) लिफ्टिङ्ग) मा मीराबाई चानूले रजत र ब्याडमिण्टनको महिला एकलमा पीभी सिन्धुले कॉस्य पदक जितेकी थिइन् लवलीना गत ९ वर्षमा भारतको तर्फबाट ओलम्पिकमा पदक जित्ने पहिलो बक्सर हुन् । पूरा तयारीको साथ रिङ्गमा ओर्लिएकी भए पनि आजको हारले लवलीनाको ओलम्पिक स्वर्ण जित्ने सपना चाहिँ अधुरै रह्यो लवलीना ओलम्पिक बक्सिङ्ग प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो भारतीय बक्सर बन्नको निम्ति चुनौती पेश गरिरहेकी थिइन् तर विश्व च्याम्पियन बुसानेजले उनको सपनालाई दिग्गज खेलाडीको शक्तिशाली प्रहार र तेजीको कुनै जवाफ थिएन। यसबीच अत्तालिएर लवलीनाले गल्तीहरू पनि गरिन् । सेमिफाइनल बाउटको पहिलो राउण्ड ५-० ले गुमाएपछि लवलीनाले कुनै चुनौती पेश गर्न सकिनन् यसअघि लवलीनाले चाइनीज ताइपेकी पूर्व विश्व च्याम्पियन नीन चिन चेनलाई पराजित गरी सेमिफाइनलमा पुगेर देशको निम्ति पदक पक्का गरेकी थिइन् । असमकी २३ वर्षीय महिला बक्सरले ओलम्पिक पदकको साथ बिजेन्दर सिंह र एमसी मेरिकोमको बराबरी गरिन्।

बिजेन्दरले २००८ को बेजिङ्ग ओलम्पिकमा काँस्य र मेरिकोमले २०१२ को लण्डन ओलम्पिकमा कांस्य पदक जितेका थिए । तुर्कीका बक्सर २०१९ को च्याम्पियनशीपमा विजेता रहेकी थिइन् अनि त्यही प्रतियोगितामा लवलीनालाई कांस्य पदक प्राप्त भएको थियो तर यी दुई बक्सरबीच टोक्यो ओलम्पिक अधि एकपल्ट पनि जम्काभेट भएको थिएन ।

आफ्नो पहिलो ओलम्पिकमा केवल कॉस्य पदक जितेर खुशी नभए पनि भारतीय बक्सर लवलीना बोरगोहेनले बताएअनुसार, गत आठ सालमा बलिदानहरूको यो ठूलो ईनाम हो अनि अब उनी २०१२ पछि पहिलोपल्ट छुट्टी लिएर यसको खुशीयाली मनाउनेछिन् लवलीना (२३ वर्ष) लाई आज भएको सेमिफाइनलमा वर्तमान विश्व च्याम्पियन तुर्कीकी बुसेनाज सुरमेनेलीले ५-० ले पराजित गरिन् सेमिफाइनल बाउटपछि लवलीनाले भनिन्, राम्रो त लागेको छैन । मैले स्वर्ण पदकको निम्ति कठोर मेहनत गरेकी थिएँ। यसैकारण यो परिणाम निराशाजनक हो। मैले आफ्नो रणनीति अनुसार खेल्न सकिने उनी निकै शक्तिशाली थिइन् । व्याकूकूटमा रहँदा चोट लाग्ने डरले म आक्रामक भएँ तर त्यसले फाइदा भएन म उनको आत्मविश्वासमा प्रहार गर्न चाहन्थे तर यस्तो हुन सकेन ।

बिजेन्दर सिंह (२००८) एमसी मेरिकोम (२०१२) पछि ओलम्पिक पदक जित्ने तेस्रो भारतीय बक्सर लवलीनाले भनिन्, म सदा ओलम्पिक पदक जित्न चाहन्थें। पदक हासिल भएकोमा खुशी छु तर यसभन्दा अधिक हासिल गर्न सकिन्थ्यो । मैले यस पदकको निम्ति आठ साल मेहनत गरे। म घर परिवारदेखि टाढा रहे। आफूलाई मनपर्ने खाना खाइन। मैले सबैले यस्तो गर्नु पर्छ भन्न चाहेको होइन तर मलाई केही गल्ती गरे त्यसले खेलमा असर पार्छ जस्तो लाग्थ्यो । नौ साल अघि बक्सिङ्ग करियरको शुरुवात गर्ने लवलीना विश्व च्याम्पियनशीपमा दुईपल्टकी काँस्य पदक विजेता हुन्। लवलीनाले भनिन्, अब म एक महिना या त्यसभन्दा अधिकको ब्रेक लिनेछु । बक्सिङ्ग शुरु गरेपछि म कहिले छुट्टीमा गइनँ छुट्टी बिताउन कहाँ जानेछु भन्ने तय गरेको छुइन तर छुट्टी अवश्य लिनेछु उनले राष्ट्रिय सहायक प्रशिक्षक सन्ध्या गुरुङको पनि प्रशंसा गरिन्|

Leave a Reply

Your email address will not be published. Required fields are marked *