दिल्लीमा प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको भेटघाट

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार प्रधानम न्त्री नरेन्द्र मोदीसँग भेट गरिन् । भेटघाटपछि मुख्यमन्त्री ब्यानर्जीले भनिन्, मैले प्रधानमन्त्रीसँ भेट गरें, यो सौजन्य भेट हो, हामीलाई अझ भ्याक्सिन अनि औषधिहरू प्राप्त होस् भनी प्रधानमन्त्रीसँग कुरा गरें, हाम्रो राज्यलाई जनसंख्याको हिसाबमा अन्य राज्यहरूभन्दा धेरै कम भ्याक्सिन प्राप्त भएको छ, बंगाल राज्यको नाउँ परिवर्तनबारे मैले प्रधानमन्त्रीसँग चर्चा गरें, प्रधानमन्त्री यसबारे हेर्छु भनेका छन्।

तिनले भनिन्, म चाहन्छु कि पेगाससमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउन, च्च न्यायालयद्वारा यसको जाँच हुनुपर्छ गत बंगाल विधानसभा चुनाउ जितेर पाँच मई लगातार ममता ब्यानर्जीको यो पहिलो दिल्ली भ्रमण हो । तिनको यात्रा संसदको मनसून सत्र सँगसँगै भएको छ, जसमा विपक्षी दलहरूले पेगासस स्पाइवेयर को माध्यमले जासुसीको आरोप, महँगी अनि तीन कृषि कानूनहरूसहित धेरै मुद्दाहरूको विरोध गरिरहेका छन् । ममता ब्यानर्जी २०२४ सालको लोकसभा चुनाउमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वाधीन भाजपालाई केन्द्रको सत्ताबाट हटाउने अनि विरोधी दलहरूलाई एकजुट गर्ने उद्देश्यले सोमवार बेलुकी दिल्ली पुगेकी हुन् । यसअघि मध्य प्रदेश कंग्रेस अध्यक्ष कमलनाथ अनि कंग्रेस नेता आनन्द शर्माले तृणमूल कंग्रेस प्रमुखसँग भेटघाट गरे। सूत्रहरूअनुसार यस बैठकमा भाजपाविरोधी महागठबन्धनबारे पनि चर्चा भयो । आनन्द शर्माले भने, मेरे अनि ममता ब्यानर्जीको राजनीतिकसँगै व्यक्तिगत सम्बन्ध पनि छ, बंगाल विधानसभा चुनाउमा व्यापक जीतपछि तिनी पहिलोचोटि दिल्ली आएकी हुन्, यसैले म तिनको निमन्त्रणमा भेट्न आएको हुँ ।२६ देखि ३० जुलाईसम्म दिल्ली भ्रमणको अवधि ममताको कंग्रेस अध्यक्ष सोनिया गान्धी, एनसीपी|

Leave a Reply

Your email address will not be published. Required fields are marked *