उत्तर प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा कम्तीमा १८ जनाको ज्यान गएको छ। मृत्यु हुने सबै आप्रवासी कामदार हुन्।

उनीहरु सवार बस हरियाणबाट गृह राज्य बिहार जाँदै गर्दा उत्तर प्रदेशको बाराबन्की जिल्लामा दुर्घटनामा परेको हो।

बुधबार बिहानै दुर्घटना भएको हो। दुर्घटना हुँदा केही यात्रु बसमै थिए भने केही नजिकै सुतिरहेका थिए।

६५ जना क्षमताको बसमा १४० जना यात्रु रहेको स्थानीय प्रहरीले जनाएको छ। सोही कारण केही धेरै यात्रु सडकमा सुत्न बाध्य भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *