टोक्यो ओलिम्पिक्स: तेह्र वर्षीया जापानी खेलाडी जसले स्वर्ण पदक जितेर इतिहास रचिन्

“मैले जित्छु भन्ने सोचेकी थिइनँ तर म नजिकैका मानिसले मलाई हौसला दिए। त्यसैले म खुसी छु,” उनले भनिन्। उनी टोक्यो ओलिम्पिक्समा पहिलो पटक समाविष्ट खेलमा प्रतिस्पर्धा गरिरहेकी थिइन्। स्केटबोर्डिङ ओलिम्पिक्समा समावेश गरिएका पाँच नयाँ विधामध्येको एउटा खेल हो। “म जापानमा ओलिम्पिक जितेर खुसी छु। अनि म सबैभन्दा कम उमेरका प्रतियोगीमध्ये एकका रूपमा पहिलो ओलिम्पिक जित्दा निकै प्रसन्न छु,” उनले भनिन्। महिला स्ट्रीट स्केटबोर्डिङ ओलिम्पिक्स गेम्सको इतिहासमा सबैभन्दा कम उमेरको व्यक्तिगत स्पर्धा हो। यसमा खेल्ने खेलाडीको औसत उमेर १४ वर्ष १९१ दिन थियो। हालसम्मकै सबैभन्दा कान्छा ओलिम्पिक विजेताको कीर्तिमान मार्जोरी गेस्टिङको नाममा छ।

उनले सन् १९३६ को बर्लिन गेम्समा १३ वर्ष २६७ दिनको उमेरमा स्प्रिङबोर्डमा पदक जितेका थिए। उनी निशियाभन्दा ६३ दिनले कान्छा छन्।

आयोजक जापानका २२ वर्षीय युतो होरिगोमेले मेन्स स्ट्रीट इभेन्टमा पनि स्वर्ण पदक प्राप्त गरेका छन्।

ओसाका सहर निवासी निशियाले आफ्नो दाजुको प्रेरणाले पाँच वर्षको उमेरमा स्केटबोर्डिङ खेल्न सुरु गरेकी थिइन्।

दोस्रो स्थानमा आएकी ब्रजिलकी रेयसा लिएलले पनि इतिहास रच्न सक्ने थिइन्।

यदि उनले जितेको भए उनी हालसम्मकै ओलम्पिक च्याम्पियन हुने सबैभन्दा कनिष्ठ खेलाडी बन्ने थिइन्।

उनी १३ वर्ष २०३ दिन उमेरकी थिइन्।

“म मेरो र मेरो पिताको सपना साकार पार्न सफल भएँ,” उनले भनिन्।

संवाददाताहरूले सोधेको प्रश्नमा खेलका निम्ति कुनै पनि लैङ्गिक अवरोध हुनु नहुने बताइन्।

उनले भनिन्, “मलाई लाग्छ स्केटबोर्डिङ सबैका लागि हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *