सिलगढ़ी शहरको विकास हेतु नगरनिगम प्रशासक मण्डील चेयरम्यान गौतम देवले आज राज्य सरकारको विभिन्न विभागका चीफ इञ्जिनियरहरूसित बैठक गरे उक्त बैठकमा सिलगढ़ीका पुलिस कमिश्नर गौरव शर्मा पनि उपस्थित थिए । बैठकमा पीडब्ल्यू, सिञ्चाई विभाग, पीएचई विभाग, विद्युत विभागका चीफ इञ्जिनियरहरू उपस्थित थिए । सिलगढ़ी शहरको सर्वाङ्गीण विकासमा सरकारी विभागहरूमाझ सामजस्य मिलाएर राख्ने उद्देश्यमा आजको बैठक बोलाएको हो भन्ने जानकारी गौतम देवले दिए । बैठकपछि तिनले भने, सिलगढ़ी शहरको सबैभन्दा ठूलो समस्या भीड़ समस्यालाई नियन्त्रणमा ल्याउन विभिन्न प्रकारको निर्णय लिइएको छ । अबउसो हिलकार्ट रोडको जंक्शन क्षेत्रबाट प्रस्थान गर्ने सबै गैरसरकारी बसहरू शहरभित्र प्रवेश गर्न पाउँदैन, उक्त बस अब मतिगढ़ा परिवहन नगरबाट प्रस्थान । गुरुङबस्तीदेखि मल्लागढीसम्म गर्नेछ पीडब्ल्युले २ करोडको लागतमा सर्भिस रोड निर्माण गर्नेछ ।उक्त सर्भिस रोड पाँचौं महानन्दा नदीदेखि चौथो महानन्द नदीको पुलसम्मको नदीको किनार भएर तयार गरिनेछ । सर्भिस रोड निर्माण भएपछि बर्द्धवान रोडमा भीड़को समस्या कम्ति हुनेछ । महानन्दा नदीको दुई किनारमा सर्भिस रोड निर्माणसहित सौन्दर्यकरण पनि गरिनेछ । सेभोक रोडदेखि हिलकार्ट रोड पुग्नको निम्ति सूर्यसेन पार्क नजीक महानन्दा नदीमाथि अझ एउटा पुल निर्माण गरिनेछ भने राइट्स मार्फत सर्वे गराइनेछ । यसबाहेक सिलगढ़ी शहरको लोकल बस स्ट्याण्डलाई पनि स्थानान्तरण । लोकल बस स्ट्याण्डलाई गरिनेछ तीनबत्तीको एनबीएसटीसीको खाली जमीनमा सारिनेछ । सिटी अटो र टोटो प्रसङ्गमा बोल्दै गौतम देवले भने, टोटो विषयमा उच्च न्यायालयद्वारा जारी निर्देशिका पालन गरिनेछ । उक्त नियम पालन नगर्नेलाई पुलिसले व्यवस्था लिनेछ|