मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

हिल तृणमूल कङ्ग्रेसले मोदी सरकारको नीति विरुद्ध शहरमा विरोध प्रदर्शन गन्यो । यहाँको पार्टी कार्यालयबाट निक्लेको टीएमसीको लीले शहरको परिक्रमा गरेर यहाँको डम्बर चोकमा पुगेर उक्त विरोध प्रदर्शन गरेका थिए । उक्त विरोध प्रदर्शन कार्यक्रममा हिल टीएमसी कालेबुङ एसेम्बली संयोजक सुमन गुरुङ, युवा मोर्चा अध्यक्ष सुमित छेत्री आदिको मुख्य रूपमा उपस्थिति रहेको थियो पत्रकारहरूलाई सम्बोधन गर्दै सुमन गुरुङले केन्द्र सरकारको नीति विरूद्ध सम्पूर्ण बङ्गालभरि नै विरोध प्रदर्शन भइरहेको बताउँदै कालेबुङका विभिन्न क्षेत्रहरूमा टीएमसीले विरोध प्रदर्शन गरिरहेको बताए । उनले भने, भाजपा नेतृत्वाधीन केन्द्र सरकारले कोरोनाको महामारीमा जुन प्रकारले महँगाई बढ़ाएर लगिरहेको छ त्यसको विरोध गर्न आज टीएमसी सड़कमा उत्रेको हो । उनले उक्त विरोध प्रदर्शन भोलि पनि जारी रहने बताए। तिनले भने, मोदी सरकारले पेट्रोल र डिजलको मूल्य शतक कटाएको छ। अच्छे दिन आएको भन्ने सरकारको कामले आज गरीब मानिसहरूलाई जिउन साह्रो पारिरहेको छ । तेलको दाम बढ्नु भनेको नै इकोनमीमा हेम्पर पर्नु हो । मानिसहरूको आर्थिक उत्थान तब मात्र हुन्छ जब डिजलको दाममा कमी हुन्छ । उक्त विरोध प्रदर्शनमा धेरै टीएमसी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो| पेदोङ: केन्द्रको सत्तारूढ सरकारले पटक पटक गरेको तेलको मूल्यवृद्धिको विरोध गर्दै आज अल इण्डिया तृणमूल कङ्ग्रेस पार्टीले राज्यव्यापी

Leave a Reply

Your email address will not be published. Required fields are marked *