दलाई लामाको जन्मदिन मनाइरहेका भारतीय जनतालाई चिनियाँ नागरिकहरूले ब्यानर प्रदर्शन गरे

पूर्वी लद्दाखको डेमचोकमा दलाई लामाको जन्मदिन मनाइरहेका भारतीय जनतालाई वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै सिन्धु नदीपारबाट चिनियाँ नागरिकहरूले ब्यानर प्रदर्शन गरे। शुत्रहरुको अनुसार त्यसमा शब्दहरूको साथ रातोमा लामो ब्यानर समात्ने पुरुषहरूको एउटा समूहले प्रदर्शन गरेका थिए तिनीहरूले चिनियाँ झण्डा पनि बोकेको थिए।


गत मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले ८६औं जन्मदिनको अवसरमा दलाई लामालाई फोन कलमा बधाई दिए। २०१९ मा पनि त्यस्तै घटना भएको थियो। जुलाई २०१९ मा, जब गाउँलेहरूले दलाई लामाको जन्मदिन मनाउदै गर्दा, कम्तिमा ११ चिनियाँ नागरिक पोशाकमा एलएसीको नजीक आए र नदी किनारबाट ब्यानर खडा गरे जसमा “तिब्बतलाई विभाजन गर्न सबै गतिविधिमा प्रतिबन्ध लगाउ” लेखिएको थियो। क्षेत्रमा एलएसी सिन्धु नदीको किनारमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *